मधुमल्ल/स्वदेशमा रोजगारी नपाउँदा निराश बनेका युवा धन कमाउन विदेशिनेक्रम बढ्दो छ । तर विदेशीनेको भीडमा कमैले मात्र सोचेका हुन्छन् कि, मेहनत गर्दा स्वदेशमै पनि राम्रोसँग रोजगारी सिर्जना हुन्छ र घरजम गर्न सकिन्छ भनेर । यसको उदारण्ीाय बनेका छन् मोरङ ईन्द्रपुर बिराटचौकका कमल कोइराला । मोरङ सुन्दर हरैचा १२, बिराटचौकका कमल कोईराला  पान बेचेर मात्रै मासिक ५० देखि ६० हजार रुपैयाँको आम्दानी गर्दै आएका छन् । पान बेचेर बिराटचौक जस्तो मुख्य बजारमा ६ जनाको  परिवार सुखिमय बनाउन सफल कमल आफ्नो पान पसलप्रति सन्तुष्ट छन् । उनी भन्छन् –‘विदेशी भुमिमा धेरै पसिना बगाएर छोटो समयमा छिमेकी साथिहरुले क्षेणिकरुमा जीवनमा परिवर्तन ल्याएका छन  । तर पान पसल सञ्चालन गर्दा आफूलाई विश्वासै थिएन, स्वदेशमा व्यापार सानो गरे पनि आम्दानी राम्रै हुने रैछ भनेर  । पूर्ब पश्चिम राजमार्गसँगै जोडिएको पूर्वकै नामि तथा पुरानो बजार विराटचौकको मुख्य चौकमा खोलेको पान पसललाई उनले बिगत २५ बर्षदेखि निरन्तरता दिँदै आएका छन् । पान बेच्न भ्याइनभ्याई हुने गरेकाले श्रीमती र कहिलेकाही छोरा र छोरीले पनि उनलाई सघाउने गर्छन । पान पसलको आम्दानीबाटै एक छोरीलाई स्नाकोत्तरसम्म बढाएका छन् ।  अर्की छोरी बोर्डिङमै बढ्दैछन् ।