काठमाडौँ/राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको अवसरमा हिजा बिहान नौ बजेर ५१ मिनेटको शुभसाइतमा वैदिक विधिपूर्वक  नवदुर्गा भवानीको टीका ग्रहण गरिन् । राष्ट्रपतिले हनुमानढोका दरबारका मूल पुजारी देवराज अर्याल र राष्ट्रपति कार्यालयका पुरोहित हेमचन्द्र ढकालबाट टीका–प्रसाद, तिलक, जमरा र रक्षासूत्र ग्रहण गरेकी थिईन । राष्ट्रपतिले आफ्ना माता मिथिला पाण्डेबाट पनि  टीका–जमरा र दक्षिणा ग्रहण गरिन्। साथै उनले काका डेकेन्द्र पाण्डेबाट पनि नवदुर्गा भवानीको प्रसादस्वरुप टीका–जमरा ग्रहण गरिन् । राष्ट्रपति भण्डारीले छोरीज्वाँइ उषाकिरण र उमेश थापा तथा निशाकुसुम र अभिषेक यादवका साथै अरु भीभीआईपी र सर्वासाधरण समेतलाई टीका–जमरा लगाइदिइन् । रासस