विर्तामाेड / प्रधानमन्त्री केपी शर्मा ओलीले गृहजिल्ला झापामा दशैकाे शुुुुभकामना  कार्यक्रम   राखेका छन् । बिहीबार दिउँसो झापाको बिर्तामोडमा प्रधानमन्त्री ओली आफैँले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेका हुन् । कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मुलुक सम्बृद्धिको बाटोमा अघि बढिसकेको बताए । पार्टी कार्यकर्ता, सर्वसाधारण, पत्रकार, प्रहरी प्रशासन लगायतलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मान्त्रोच्चारण गरेरै दसैँको शुभकामना व्यक्त गरे । प्रधानमन्त्री ओलीले जनताको आशा र विश्वासमा कहिल्यै धक्का नपु¥याउने प्रतिबद्धता व्यक्त गरे ।  २ वर्षभित्र हरेक क्षेत्रमा देखिने गरीको विकास हुने उनले बताए। ‘यो कुनै भवितव्यले बनेको सरकार होइन, सजिलैसँग ढल्छ भन्ने नठाने हुन्छ,’ उनले भने, ‘सरकार ढाल्नका लाष् िषड्यन्त्रका ओथारा बस्दैमा केही हुनेवाला छैन, सरकार असफ हुँदैन, सरकार असफल भए देश नै असफल हुन्छ ।’ आफू प्रधानमन्त्री भएर पुग्दा राष्ट्रको ढुकुटी रित्तो पाएकाले बृद्धभत्ता बढाउन नसकेको प्रधानमन्त्री ओलीले सुनाए । ‘देश त पूरै बिगारिसकिएको रहेछ, अर्थतन्त्र धरासायी रहेछ, ढुकुटी त रित्तै पो रहेछ,’ उनले भने, ‘हामीले चुनाव जितेको तीन महिनासम्म सपथ गर्न दिएनन्, सरकार बन्न दिएनन्, त्यसबिचमा ढुकुटी रित्तै पारेछन् ।’ आउँदो वर्ष बृद्धभत्तामा बृद्धि हुने प्रधानमन्त्री ओलीको भनाइ छ । प्राप्त अधिकारहरु गुम्न नदिनेमा सरकारको ध्यान रहेको उनले बताए ।