वि.सं. २०७५ साल कात्तिक १ गते। बिहीबार। इश्वी सन् २०१८ अक्टोबर १८ तारिख। नेपाल संवत् ११३८ कौलाथ्व। आश्विन शुक्लपक्ष। तिथि– नवमी, १४:३३ बजेउप्रान्त दशमी मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ कर्मयोगद्वारा जीवनशैलीमा सुधार ल्याउन सफल भइनेछ। बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो अध्यात्मभाव जागृत हुनुका साथै परोपकारी काममा प्रवृत्त भइनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। अध्ययनमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्नेछ। कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो मनोरञ्जनमा अलमलिनुपर्दा लक्ष्य प्राप्त गर्न समय लाग्नेछ। तापनि भौतिक सुविधा बढ्नेछ भने रमाइला क्षणको आनन्द प्राप्त हुनेछ। सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे मिहिनेत गर्दा अप्ठ्यारो काम समेत सम्पादन हुनेछ। काम पूरा नभए पनि आंशिक फाइदा अवश्य हुनेछ। कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो व्यवसायमा धनलाभ हुनेछ। सन्तान वा अनुयायीले राम्रो साथ दिनेछन्। तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ। अप्ठ्यारो पर्दा मान्यजन तथा अग्रजहरूले साथ दिनेछन्। बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल प्राप्त नहुन सक्छ। व्यावहारिक समस्या देखिए पनि हिम्मतले काम लिँदा परिस्थितिलाई अनुकूल बनाउन सकिनेछ। धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे विचारले धेरैलाई आफ्नो प्रभावमा ल्याउन सकिनेछ। प्रशंसकहरू बढ्नेछन् भने सहयोगीहरूले काममा साथ दिनेछन्। मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। दिगो आम्दानी हुने काम फेला पार्न सकिनेछ। न मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि केही रकम सरसापटमा बाहिरिन सक्छ। कृषि, पशुपालन तथा व्यापारमा सामान्य लाभ हुनेछ। पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ।