'बजारमा पौने पाँच खर्ब रुपैयाँ दशैमा सकिन्छ'

alt
  • कार्तिक १, २०७५
  • १४ पटक पढिएको
  • ब्लाष्ट खबर

विविसी/दशैँका बेला नयाँ नोटको चलनचल्ती निकै बढ्छ। यस वर्ष पनि दशैँका लागि झण्डै १५ अर्ब रुपैयाँको हाराहारीमा नयाँ नोट बजारमा आएको बताइन्छ। तर वर्षभरि राष्ट्र ब्याङ्कले कति पैसा छाप्छ? यसको सहज उत्तर भने छैन। आवश्यकता अनुसार नियमित नोटको छपाइ हुने र हाल करिब पौन पाँच खर्ब रुपैयाँ बराबर नगद बजारमा रहेको केन्द्रीय ब्याङ्कले बताएको छ।

नयाँ नोटको प्रयोग पनि दशैँको एउटा अभिन्न अङ्ग बन्दै आएको छ। टीका, जमरा लाएपछि दक्षिणामा नयाँ नोट लिनेदिने प्रचलन छ। यसका लागि राष्ट्र ब्याङ्कले नयाँ नोटको वितरण चाडबाड अघि बढाउने गर्छ। यसपटक पनि करिब १५ अर्ब रुपैयाँ जतिका नयाँ नोट बजारमा प्रवाह गरिएको बताइन्छ।खासमा नोटको छपाइ र चलनचल्तीका निम्ति निष्काशन राष्ट्र ब्याङ्कको नियमित प्रक्रिया हो। हाल देशभर करिब पौने पाँच खर्ब रुपैयाँ बराबरका नोटहरू चलनचल्तीमा रहेको ब्याङ्कका प्रवक्ता नारायण पौडेलले बताए ।

"हाम्रो वासलातमा करिब ४७० अर्ब रुपैयाँको हाराहारीमा नोटहरू चलनचल्तीमा रहेको देखाउँछ। सामान्यतया हामी तीन वर्षको माग धान्न पुग्ने गरि नोट छपाइ गरेर राख्छौँ। उदाहरणका लागि सय वा पाँच सय दरका नोटहरू यति छ र यसले यति थेग्छ भन्ने भएपछि हामी आवश्यकता अनुसार छपाइ गराउँछौँ।" अर्थतन्त्रको आकारसँगै बजारमा नगदको परिमाण स्वाभविक रूपमा बढेको भए पनि खासगरी प्रवृत्तिगत परिवर्तनहरूका कारण नगदको माग अन्यत्र जस्तै नेपालमा पनि घट्दै जाने विश्लेषकहरू बताउँछन् ।

राष्ट्र ब्याङ्कका पूर्वडेपुटी गभर्नर कृष्णबहादुर मानन्धर भन्छन्, "हामी सबैले अनुभव गरिरहेका छौँ कि नगदको प्रयोग कम कम भइरहेको छ।" "मानिसहरू चेक वा अनलाइन भुक्तानीतर्फ गइरहेका छन्। त्यसैले यहाँ पनि नगदको माग विस्तारै घट्दै जानेछ।" नेपाली नोटहरूको छपाइ भने विदेशमा नै हुने गरेको छ। आवश्यकता अनुसार विश्वव्यापी टेण्डरबाट छानिएका कम्पनीहरूले तिनको छपाइ गर्ने गर्छन्।

कार्यवहाक मेयर भण्डा ...

धरान / जनसहभागितामा धरान–१५ स्थित बाँझगरा मा ...

‘नेपाल आइडल’को फाइन ...

धरान  / सिङगिङ रियालिटी शो ‘नेपाल आइडल& ...

धरानमा मोटरसाईकल दुर ...

धरान / धरान–१२ स्थित नेपाल टेलिकम कार्यालय अगाडी ...

निःशुल्क सीप परीक्षण ...

धरान /  सरकारले विदेशमा विभिन्न सीप सिकेर फर्केक ...


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2018 - Blastkhabar.com All rights reserved