मासु र स्वास्थ्य दशै भन्ने वित्तिकै मासु बढी खपत हुने चाडका रुपमा चित्रित हुन्छ । भगवतीको प्रसादका रुपमा वा अन्य कुनै वहानामा सामान्य समयभन्दा बढी मासु खाइने चाड दशै एक हिसाबले मांसहारी चाड हो । धार्मिक विश्वास वा रमाइलोका लागि निर्दोश पशुको बध गर्नु हुदैन भन्ने आवाज पनि पछिल्लो समय निकै सुनिन थालेको छ । यसै गरि मासुको उपभोगले स्वास्थ्यलाई पर्ने असर वा फाइदाका बारेमा पनि फरक फरक तर्कहरु सुनिन्छन् । दशै होस वा अन्य कुनै समयमा मासु नै नखानुस भन्न त सकिन्न तर खानु अगाडी आफ्नो स्वास्थ्यको ख्याल पु¥याउन सके पछि पछुताउनु पर्दैन ।

हामीले खाने सबै खानाहरुको आफ्नै पोषण महत्व हुन्छ । मासु एक विशेष महत्व भएको खाने कुरा हो । यसलाई सन्तुलित र सहि तरिकाले खान सक्नु पदर्छ अनि मात्र यसबाट लिन सकिने फाइदा लिन सकिन्छ हैन भने यो रोगको कारक पनि बन्न सक्छ । केहि अनुसन्धानले मासु खानेभन्दा शाकाहारीको आयु लामो हुने पनि भनेका छन । मासु खानु राम्रो या नखानु राम्रो भन्ने छलफलको छुट्टै विषय हो तर मासु खानेहरुका लागि कस्तो मासु खानु राम्रो, के कुरा विचार पु¥याउनु पर्दछ भन्ने सवाल जटिल र महत्वपुर्ण हुन्छ । हामीलाइ मासुले स्वाद मात्र हैन स्वास्थ्यका लागि फाइदा पनि दिन्छ । मासु खान जान्दा धेरै खालका फाइदाहरु छन भने नजान्दा त्यो भन्दा धेरै खतरनाक बेफाइदाहरु । विशेष गरी शरिरमा सजिलै शोसिन सक्ने उच्च गुणस्तरको प्रोटिन, केहि भिटामिन तथा खनिजका लागि मासु उत्तम खानेकुरा हो । हाम्रो जस्तो प्रोटिनको कमीका कारण धेरै कुपोषित भइरहेको मुलुकमा कुपोषणको दीर्घकालीन समाधानका लागि माछा, मासु, अण्डा राम्रो श्रोतहरु हुन ।तर यहि फाइदाकर मासुको स्वच्छता र खाने मात्रा तथा तरिकामा उचित ध्यान नपुग्दा फाइदाभन्दा समस्या बढी निम्तीरहेका छन् । मासु हानिकारक पनि हुन सक्छ मासु ३ वटा कारणले स्वास्थ्यका लागि हानीकारक हुन सक्दछ । पहिलो पशुपंक्षि बध गर्ने स्थल र शैलि, मासु ओसार पसार गर्ने तरिका र मासु भण्डारण गर्ने तरिका तथा पकाउने तरिका सहि नहुदा मासुको माध्यमबाट हानीकारक जीवाणुहरु शरिर भित्र प्रवेश गरि समस्या उत्पन्न गराउन सक्दछन् । मासु खादा पशुपंक्षिको शरिरमा बढी सक्रिय हुने आखा, मुटु, कलेजो, आन्द्रा भुडी, गिदि आदि खानु हुदैन । दोश्रो पकाउने तरिका गलत भएर पनि हानीकारक हुन सक्दछ । जस्तो कि धुवाँमा पोलिएको मासु सेकुवाको रुपमा खादा त्यसमा भएको बेन्जो ए पाइरिनजस्ता रसायनले क्यान्सर निम्त्याउन सक्दछन । बोटुलिनम नामक ब्याक्टेरियाले संक्रमण गरेको मासुमा हुने विषका कारण स्नायु प्रणालीमा असर परि ज्यान जान सक्दछ । धेरै मसला हालि पकाएको मासुले शरिरलाई असर गर्दछ । तेश्रो खाने मात्रा र आफ्नो शरिरको अवस्था विचार नगरी खादा मासु हानीकारक मात्र हैन ज्यानै दिने कारक पनि बन्न सक्दछ । जस्तो कि अधिक मासु उपभोगले स्वस्थ मानिस कै शरिरमा पनि कोलेष्टेरोल, टिजि युरिक एसिड बढाइदिन्छ । केहि रोग लागेकाहरुका लागि त मासु अभिशाप नै बन्दछ । युरिक एसिड भएकाहरुका लागि रातो मासु धेरै खतरनाक हुन्छ । रगतमा चिल्लोपदार्थ बढेका दीर्घ रोगिहरुका लागि पनि मासु खानु हानीकारक हुन्छ । माछा, मासु जति पौष्टिक दृष्टिकोणले हाम्रो लागि फाइदाकर छ शुक्ष्म जीवको लागि पनि त्यति नै फाइदाकर हुन्छ । हाम्रो वरिपरि, हावामा, हाम्रो हात, शरिरमा खरबौका संख्यामा त्यस्ता जीवाणुहरु हुन्छन् । तीनिहरुका लागि मासु अति उत्तम पोषिलो खाना हो । मासुमा पानीको मात्रा पनि प्रशस्त हुन्छ । त्यस्ता जीवाणुले सजिलै मासुलाई संक्रमण गर्न सक्दछन र छिटो कुहिन्छ । अझ फोहोर ठाउमा कोटेको छ, राम्ररी तापक्रम मिलाएर राखेको छैन भने मासु झनै छिटो कुहिन्छ । फ्रिजमा राखेर, सुकुटी बनाएर, हल्का उसिनेर बोसोमा डुबाएर राख्दा केहि दिनका लागि खान योग्य हुन सक्दछ । बध गरिने पशुपंक्षिकाबारेमा विचार पु¥याउनु पर्ने कुरा मासुका लागि बध गरिने पशुपंक्षिको स्वास्थ्य कस्तो छ, काट्नु अगाडी कुन अवस्थामा छ भन्ने विचार पु¥याउनै पर्दछ । विशेष गरि पशु असामान्य रुपमा सास फेरिरहेको, रौ फुलाएर जिंिरंग भएको छ भने जीवाणुको संक्रमण भएको हुन सक्दछ । शरिरका जोर्नीहरू बढेका, सुन्निएका, पेट र कल्चौँडो सुन्निएका, बङ्गारा सुन्निएका पशु अस्वस्थ हुन्छन् । केही रोग लागेका कारण पशुहरूले प्रायः टाउको पर्खालमा ठोक्ने, आफ्नो पुच्छर वा पेटमा हेरी धुम्ने जस्ता व्यवहार देखाउँछन । लट्ठिएको जस्तो अथवा चिन्ताजनक अवस्थामा देखिने,आँखा निन्द्रा लागेजस्तो पशुपन्छी र पेट फुलेको, टाउको र खुट्टा तन्काएकाएर सहजै उठ्न वा बस्न नसक्ने पशुपन्छी रोगी हुन सक्दछन् । नाक, कान, गुद्वार वा योनीबाट लगातार फोहोरहरू निस्केको पशु वा पखाला लागेको, योनीबाट असामन्य रूपमा गन्हाउने तरल पदार्थ निस्किरहेको वा आँखाका भागहरू बढेका पशुहरू मानव स्वास्थ्यका लागि हानीकारक हुन सक्दछन् । पशुको शरिरमा कहि कतै घाउ, चोटपटक लागेको छ, रगत बगेको छ भने पनि निको नहुन्जेल मासुका लागि उपयुक्त मानिदैन । मासुको स्वच्छता कायम गर्नका लागि मासुका लागि बध गरिने पशुपंक्षिको स्वास्थ्य कस्तो छ, काट्नु अगाडी कुन अवस्थामा छ, काट्ने ठाउ तथा हतियार कतिको सफा छ, काटेको मासु राख्ने ठाउ कतिको उपयुक्त छ भन्ने विषयमा विशेष ध्यान दिनु पर्दछ । कुनै रोग लागेको पशुपंक्षि मासुको रुपमा उपभोग गर्दा त्यसमा रहेका रोगका जीवाणुहरु सर्ने सम्भावना धेरै हुन्छ । विशेष गरी रोगि पशुपंक्षिको मासुबाट रोगका किटाणुहरु, एन्टिबायोटिक तथा हर्मोन अवशेष बढी भएको मासुबाट ती रसायनहरु, फोहोर तथा बासि मासुबाट रोग लगाउने हानीकारक जीवाणुहरु हाम्रो शरिरमा प्रवेश गर्न सक्छन । यस्ता जीवाणुको प्रवेशले झाडा पखाला लाग्ने, टाउको दुख्ने, रिंगटा लाग्ने जस्ता सामान्य देखि ज्यानै जान सक्ने खतरनाक लक्षणहरु देखिन्छन् । एन्टिबायोटिक बढी भएको मासुको उपभोगले शरिरमा औषधिको प्रभावकारीता घटाइ सामान्य संक्रमणका कारण पनि जटिल समस्या भोग्नु पर्ने वा ज्यानै जान सक्ने पनि हुन्छ । पशुपंक्षिको रौ फाल्न मटितेल खन्याएर जलाउने गरेको पाइन्छ । अखाद्य मटितेल मासुमा खन्याउनु कति खतरनाक हो सहजै अनुमान लगाउन सकिन्छ । मासुको स्वच्छतासम्बन्धी कानुनी व्यवस्था नेपालमा मासुको स्वच्छताका लागि ऐन कानुन छ तर यसको प्रभावकारीता करिब शुन्य छ । पशु बधशाला तथा मासु जाच ऐन २०५५ मा मासु पसल सञ्चालन गर्दा काट्ने ठाउमा टायल हुनुपर्ने, काटेको मासु फ्रिजमा राख्नुपर्ने, स्थानीय निकायको इजाजत लिएर मात्र मासु बेच्नुपर्ने र वधशालामा बाहेक अन्यत्र स्थानमा पशुवध गर्न नहुने, मासु काट्न तामा वा क्याडमियमको धातुका हतियार, पालिस र इनामेल लगाएका भाडा वा हतियार, शिसाका भाडा वा हतियार प्रयोग गर्न नहुने लगायतको व्यवस्था छ । ऐन अनुसार मासुमा पानी छर्कन वा डुवाउन पाइदैन, मासु झुण्ड्याउदा छाना, भित्ता, खम्बा आदि ठाउ नछुइने गरी राख्नु पर्छ, तौलने ढक तराजु अन्य वस्तुसँग लसपस नगरेको हुनु पर्दछ । मासु राख्ने टेबुल वा दराज जमिन भन्दा कम्तिमा ५० सेन्टिमिटर उचाइको हुनु पर्दछ । मासु पसल खोला खोल्सा र पानी जम्ने ठाउभन्दा टाढा हुनु पर्दछ । किनकि त्यता ठाउमा शुक्ष्म जीवको बाक्लो उपस्थिति हुने हुदा त्यसले मासुमा संक्रमण गर्न सक्छन । मासु काट्ने अचानो बाहेक अरु काठको हुनु नहुने व्यवस्था छ । विकशित मुलुकमा अचानो समेत काठको हुनु नहुने व्यवथा छ । तर हामी कहा मासु पसलहरुको भुइ देखि भित्ता सम्म, अचानो देखि टेबुल सम्म काठकै देखिन्छ । काठमा शुक्ष्म जीवहरुको भार बढी हुने हुदा त्यस्तो व्यवस्थामा ति जीवाणुहरु सजिलै मासुमा सर्न सक्छन । पशुपंक्षि बध गनु पुर्व त्यसको स्वास्थ्य अवस्था ठिक भएको नभएको एकिन गरेर मात्र बध गर्नु पर्दछ । यदि पशु विरामी छ भने त्यसको मासु खादा असर पर्न सक्छ । बध गरिसके पछि पनि मासुको गुणस्तर परिक्षण गर्नु पर्दछ । यदि यी दुबै परिक्षणबाट मासु खान योग्य देखिएमा मात्र खानयोग्य हुन्छ । बध गरिने बशु ओसार पसार गर्ने साधन बध स्थल र मासु पसल भन्दा ३० मिटर टाढा मात्र राख्नु पर्दछ । क्षय रोग र छाला सम्बन्धि रोग लागेकाहरु मासु पसल र बध स्थलमा जान हुदैन । हाम्रो संविधानले पनि उपभोक्तालाई स्वच्छ खाना खान पाउने अधिकार मौलिक हक कै रुपमा परिभाषित गरेको छ । बजारमा बेचिने मासु स्वच्छ भएको ग्यारेन्टि गर्ने दायीत्व सरकारका सबै निकायहरु विशेषगरि स्थानिय सरकारको हो । यसमा उपभोक्ताले पनि सहयोग गर्नु पर्दछ ।