वराहक्षेत्र । उनीहरु विहानै स्थानिय विधालयको खेल मैदानमा जम्मा हुन्छन् । सबैले जुत्ता मोजा कस्छन् अनि शुरु गर्छन् अभ्यास,जमेर तीन घंटा मिहिनेत गरीसके पछि आ–आफ्नो घर फर्कछन् । घर वाट तयार भएर विद्यँलय जान्छन् ,फेरि भोलीपल्ट विहानीमा उही अभ्यासमा तल्लीन हुन्छन् ।

स्थानिय आदर्श स्कुलको खेल मैदानमा जाने जो कोहीले उनीहरुको दैनिकी लाई नियाल्न सक्छन् । उनीहरु हुन् भर्खरका किशोरीअन्तराष्ट्रिय महिला फुटवल खेलाडी पवित्रा राई,मुना मगर र मनिषा विष्ट तथा उनीहरुको सहकर्मी सबै महिला खेलाडीहरु ।

उनीहरु लँई उनका प्रशिक्षक सूर्य तुम्बाहाम्फे विहान ६ वजे देखि लिएर ९ वजे सम्म कठिन अभ्यास गराउँछन् ।

म उनीहरुलार्इ टिम स्पीरीटले कसरी खेल्ने,एक अर्कामा सामुहिक भावनाले खेल्दा हुने फाईदा र व्यवसायिक खेलमा अपनाईने टेक्निकहरु के–के हुनसक्छन् ,फुटवलको प्राविधिक पक्ष देखि लिएर अन्तराष्ट्रिय फुटवल लाई अपडेट गराउ“न लाई तालिम दिने गरेको माउण्ट एभरेष्ट स्र्पोटिङ्ग क्लवका अध्यक्ष समेत रहेका तुम्बाहाम्फे बताउ“छन् ।

सुमहमा १० देखि लिएर १७ वर्ष सम्मका २४ जना खेलाडी छन् । उनीहरु प्रत्येक दिन नियमित विहान र शनिवार याहा“ आएर प्रशिक्षण लिन्छन् । सार्वजानिक विदामा समेत अनिवार्य जस्तै आउ“छन् ।

उनीहरुको फुटवल प्रति लगनशिलता र धैर्यता गजबको छ , विहान देखि तालिम गर्नु ,तालिम सकिएको हुदैन् , विद्यँलय आउ“नु हतार छ तर खुशी हु“दै जान्छन् । उनीहरु लाई भेट्दा मुखमा मिठो मुस्कान देखिन्छ ।

उनीहरुको खेलप्रति गहिरो लगाव र प्रशिक्षक सूर्यको कठोर मिहनेतले गर्दा होला, केही अभावका वावजुद वराहक्षेत्रले तीन जना अन्तराष्ट्रिय खेलाडी पाएको छ ।

उनीहरु उमेरले भर्खरका छन् तर अन्तराष्ट्रिय महिला फुटवल त खेलेकै छन् राष्ट्रिय स्तरमा पेशेवर खेलाडी पनि हुन् । वराहक्षेत्र २ रेलवेलाईन की १६ वर्षिया पवित्रा राई २०१६ मा ताजकिस्तानमा भएको एएफसी अन्डर १५मा नेपालको तर्फ प्रतिनिधित्व गर्दै खेलीन् ।

उनलँई पछ्याउ“दै अर्की २ कै सिंहदेवी देवीथान घर भएकी वर्ष १५ की मुना मगरले अघिल्लो साल बंगलादेशमा भएको १५ वर्ष उमेर साफ फुटवलमा सहभागि भएर खेलीन् । भने कान्छी खेलाडी पुनरवासकी मनिषा थापा क्षेत्रीले पनि यहि साल भुटानमा भएको साफ फुटवल प्रतियोगिता खेलेकी छिन् ।

बेग्लै परिवार वाट आएका उनीहरु संगै फुटवल खेल्ने भएर होला आसाध्य मिल्छन् । जाहा गएपनि एकसाथ जान्छन् ,भर्खरै उनीहरु एकसाथ सम्मानित समेत भएका छन् । कडा तालिमले होला उनीहरुमा खेल संगै समाजिक व्यवहार पनि विन्रम भएको छ ।

छोरा छोरी लँई पढाएर डाक्टर, ईन्जीनीयर मात्र बनेको देख्ने पुरानो समाज अहिले बदलिएको छ । बढ्दो विश्व आधुनिकताको प्रभाव र बदलिदो मानसिकताले गर्दा आमबाबुले आफ्ना सन्तान लँई खेल,गीत संगीत लगायत अन्य क्षेत्रमा समेत करियर बनाउ“न प्रोत्साहन र साथ सहयोग गर्दै गएको देखिन्छ । छोरीले फुटवल लाई पेशाको रुपमा अंगालेकोमा पवित्रा मुना र मनिषा तिनै जनाका अभिभावक पनि खुशी छन् । उनीहरुलाई फुटवल खेल्न कुनै रोकटोक छैन् । तिमी छोरी मान्छै हो जानु पर्दैन् कहिले भनेका छ्रैन्न मूस्कुराउ“दै उनीहरुले बताए ।

हामी लाई आमाबुबाले राम्रो सर्पोट गर्नुभएको छ । अरुले के भन्लान भन्ने डर छैन् । ढुक्क भएर तालिम लिने अनि वाहिर गएर फुटवल खेल्ने गरेको पवित्राले बतँईन् ।

उनीहरु आफ्नो टिम वाहेक अन्य जिल्लाका फुटवल क्लव स“ग अनुबन्ध समेत खेल्ने गरेको प्रशिक्षक सूर्य तुम्बाहाम्फे भन्छन् । अरु क्लव वाट खेल्ने यो उनीहरुको अधिकार पनि हो भने, यसले उनीहरु झन् निखारिन्छन् ,उनी थप्छन्् ।

२०७३ सालमा राष्ट्रिय खेलकुद परिषद र सुनसरी जिल्ला खेलकुद विकास समितिमा दर्ता भएर वराहँक्षेत्र नरगपालिको एकमात्र महिला फुटवल क्लव माउण्ट एभरेष्टले छोटो समय उल्लेखनीय प्रगती गर्दै गएको छ ।

वराहक्षेत्र मा पहिलो पटक अन्तराष्ट्रिय महिला फुटवल प्रतियोगिता सम्पन्न गरिसकेको छ भने आउ“दो कार्तिक महिनामा दोश्रो महिला फुटवल आयोजना गर्ने भएको सूर्यले बताए ।

हामी सँग खेलाडी पनि राम्रा छन् । एउटा अन्तराष्ट्रिय फुटवल चतरामा पनि गराईसकेका छौ । तर बजेट नपुग हुनेहु“दा चाहिए जति खेल क्षमता प्रदर्शन गर्न गाहे हुने उनले बतँए ।

सिमित श्रोत साधन भएर पनि गाउ“ले फुटवल क्लवले ३ जना अन्तराष्ट्रिय महिला खेलाडी उत्पादन गर्नु चानचुने कुरो होईन् । यसले वराहक्षेत्र नरगपालिकाको नाम समेत उ“चो बनाएको छ ।

अहिलेको समाजमा बढ्दो लागुऔषध दुव्यर्सन,एकहोरो मोबाईल प्रवृति वाट छुटाएर शारिरीक,मानसिक र समाजिक रुपमा स्वस्थ्य नागरिक उतपादन गर्न रचानात्मक सहयोग गर्ने खेलको आफ्नै छुट्टै आवश्यकता र महत्व छ ।

यसमा माउण्ट एभरेष्टले खेलेको भुमिका अझै महत्वपूर्ण भएकोले यसका सरोकार वाला निकाय वराहक्षेत्र नपा,जिल्ला खेलकुद र राखेपले विशेष महत्वले आर्थिक सहयोग गर्नुपर्ने आवश्यकता देखिन्छ ।