mantri-chaudharyपानवारी । कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री रामकुमारी चौधरी आफ्नो गृह जिल्ला सुनसरीमा शहिद परिवारलाई भेट्दै घर घरमा पुगेकी छन् । दशैको अवसरमा गृह जिल्ला आइपुग्दा शहिद परिवारलाई भेटेर परिवारको कुरा सुन्ने इच्छाले शहिद परिवार भेट्न निस्किएको मन्त्री चौधरीले बताएकी छन् । जनयुद्धमा परेर शहिद भएका धरान–६ का लिलाप्रसाद पराजुली, धरान–१५ का इश्वर तामाङ, विनोद खनाल, मछिन्द्र लाबुङ त्यस्तै धरान–५ कि समसी राई, धरान–२० का दिलिप राई र धरान–९ का पर्वतराज कोइरालाको परिवारलाई घरैमा पुगेर मन्त्री चौधरीले भेटेकी हुन् । शहिद लिलाप्रसाद पराजुलीकी आमालाई भेटेर मन्त्री चौधरीले उनको स्वास्थ्य स्थिति र समग्र परिवारको अवस्था बारे बुझेकी थिइन् । मन्त्री चौधरीले शहिद परिवारलाई किन भेट्न आउनु भयो भनेर ब्लाष्टकर्मीले राखेको प्रश्नको जवाफ दिदै भनिन् –‘अरुबेला फुर्सद हुँदैन, कम्तिमा दशै मनाउन आउँदा आफुसँगै जनयुद्ध लडेर शहिद भएकाको आमा–बुवा, श्रीमान्,श्रीमती’ छोराछोरी तथा परिवारलाई यो महान् चाडमा भेट गरौ भनेर आएकी हु ।’ उनका अनुसार अरुबेला जे जस्तो भएपनि चाडबाड आउँदा आफ्नो आफन्तको याद धेरै आउने र उहाँहरुको पीडामा कम हुने अाशाले आएकी हुँ ।

वडाध्यक्षले पक्कि कुलो बनाउन माग गरे मन्त्री चौधरीले शहिद परीवारलाई भेट्न आएको बेला धरान–६ नं. वडाध्यक्ष भुवनसिं बस्नेतले धरानको ४ वटा वडामा मात्रै कृषि उत्पादनको क्षेत्र भएकोले यस क्षेत्रमा सिचाइको राम्रो प्रबन्ध नभएकोले पक्कि कुलोको लागी बजेट विनियोजन गर्न ध्यानाकर्षण गराए । मन्त्री चौधरीले पक्कि कुलोको लागी आफुले योजना बनाउने जवाफ दिएकी थिइन् । त्यस्तै प्रदेश सांसद उमिता विकले प्रदेशले धरानको ६ नं. वडालाई कृषिको लागी ४ वटा योजनामा बजेट छुट्याएको जानकारी गराएकी थिइन् ।