बेलबारी / गत शनिबार मध्यराति आफ्नो घरको माथिल्लो तलामा आत्महत्या गरेका पूर्व सांसद  कर्णबहादुर घिमालले दशैको मुखमा आत्महत्या गरे । एक्लै बस्दै आएका धिमालले विपी कोईराला स्वास्थ्य विद्दान प्रतिष्ठान धरानलाई शरीर दान गर्ने भनेका थिए । तर एक्कासी राती आत्महत्या गरे । ७० वर्षे धिमालको मृत शरीर लिन मानेन र परिवारजनलाई नै फर्काइदिएको छ । चाडबाडको मुखमा पूर्वसांसदजस्तो सचेत व्यक्तिले आत्महत्या गनर्स पछाडी पक्कै केही कारण हुन सक्छ । यति बेला उनको आत्महत्याबारे टिकाटिप्पणी हुन थालेको छ । कर्णबहादुर झापा–मोरङमा धिमाल जातिका अग्रज मानिन्थ्ये । उनी राजतन्त्र समर्थक थिए । लामो समयदेखि राप्रपामा रहेर राजनिति पनि गर्दै आएका थिए । २०३८ सालमा विशेश्वर प्रसाद कोईरालालाई निर्वाचनमा हराएर सांसद भएका थिए । पञ्चायत ढलेपछि उनी केही वर्ष राप्रपाको केन्द्रीय सदस्य समेत भए । ०५० सालदेखि भने निश्क्रिय रहेको स्थानीय बताउछन् ।

उनी सधै तनाव रहदै आएको स्थानीय बताउछन् । पारिवारिक तनाव भएकाले रक्सी सेवन गर्ने गरेको बताइएको छ । स्थानीय लालभित्तीका बासिन्दाहरुका अनुसार उनले पारिवारिक तनाव र एक्लोपनका कारण आत्महत्या गरेको बताएका छन् । उनी त्यति बेलाका सम्पन्न व्यक्ति नै मान्थ्यिे । तर हाल भने उनको नाममा जग्गा जमिन र घर केही पनि थिएन । उनी बसेको घर पनि छोराका नाममा थियो । काठमाडौंमा पनि घर छ । त्यो पनि छोरा र श्रीमतीकै नाममा रहेको बताइएको छ । एक्लै बस्दै आएका धिमाल आर्थिक समस्यामा रहेको पनि स्थानीय बताउछन् । उनी बस्दै आएको घर पनि केही महिना अघि छोराले बैंकमा धितो राखेर २० लाख रुपैयाँ ऋण निकालेको बताइएको छ । त्यसबेला धिमालले २० हजार रुपैयाँ मागेको भए पनि छोराले नदिई काठमाण्डौ गउको अहिले गाउँमा चर्चा चलेको छ । घर बैकमा घितो राखे पछि उनी घरछिमेकमा अव आफु धेरै दिन नबाच्ने बताउदै आएका थिए । एक जना छिमेकीका अनुसार उनी पछिल्लो समय निराशाका कुरा मात्र गथ्थे ।