धरान/मिस लिम्बु सिजन ५ का अर्गनाइजर टिमले  मिस लिम्बु सिजन-५ का आफ्ना सहयोगी सस्था तथा व्यक्तिलाई मायाको चिनो वितरण गरेको छ ।

सोमबार धरानमा एक कार्यक्रमको आयोजना गरि याक्थुङ् युथ एसोसिएशनले मिस लिम्बु २०१७ मा पुर्वबाट सहयोग गर्ने आफ्ना दाताहरुलाई मायाको चिनो वितरण गरेको हो ।

गीतकार तथा थाक्थुङ युथ एसोशिएसनका उपाध्यक्ष मिना सिङ्गककाे संयोजगत्वमा भएको कार्यक्रममा सौन्दर्य कला व्यवसायी संघ तथा सासा ब्युटिपार्लरकी प्रोपाइटर कमला लिम्बु, कोरियन सप धरानकी प्राेपाइटर सुनिता घिसिङ थापा, युवा व्यबसायी विकल राई, किरात याक्थुङ चुम्लुङ इजराइल र मिडिया र्पाटनर ब्लाष्ट टाइम्स राष्ट्रिय दैनिक पत्रिकालाई मायाको चिनो वितरण गरेको हो ।

सोही कार्यक्रममा मिस लिम्बु २०१७ की फस्ट रनर अप संध्या तुम्बाहाम्फे र सेकेन्ड रनर अप सवनम सावालिम्बुले आफ्नो अनुभव कार्यक्रमा सेयर गरेका थिए ।  मिस लिम्बुले जातिय संस्कृति, भाषा, रहनसहन आदिको बारेमा बुझ्ने मौका मिलेको र करियरलाई सहि दिसामा हाक्न सहयोग गरेको दुबैको साझा धारणा थियो ।

कार्यक्रमा याक्थुङ एसोसिएशनका सदस्य तथा निर्देशक युगल पोमो, नायिका रेखा फागाे, कलाकार ह्यारी योन्जन, मोडल राम गुरुङ लगायतको उपस्थिती रहेको थियो भने अरनिको अस्पताल प्रालि उर्लाबारीका अध्यक्ष तथा याक्थुङ एसोसिएशनका सदस्य लोलिम पोमोले अाैपचारि कार्यक्रम सञ्चालन गरेका थिए ।