मधुमल्ला ÷पछिल्लो समय निकै चर्चामा रहेका तथा नेपाली लोकगीतलाई हिपहप र र्याप शैलीमा ढालेर गाउने हिप्हप् तथा र्याप गायक समिर घिसीङ् ( भि–टेन) पहिलो पटक मधुमल्लामा कन्सर्ट गर्न आउने भएका छन् । बिजया दशमि , शुभ दिापावली र छैट पर्वको उपलक्ष्यमा शुभकामन सहित जि ११ ईन्टरटेन्मेन तथा प्रथम म्युजिकल ईभेन्ट मधुमल्लाको संयुक्त आयोजनामा बिजया दशमि २०७५ को असोज ३० गते फलपातिका दिन मनोहर जनता माबि मिक्लाजुङ ७ मधुमल्लाको प्राङ्गणमा प्रथम म्युजिकल ईभेन्ट मधुमल्ला कन्सर्ट हुने भएको छ ।

कन्सर्ट बाट सङ्कलित रकमले ‘स्थनिय म्यूजिक ब्याण्ड’ लाई सहयोग गर्ने प्रथम म्युजिकल ईभेन्ट मधुमल्लाका अध्यक्ष अर्जुन राईले ब्लाष्ट लाई बताए । राईका अनुसार भिटेन संगै ख्याति प्राप्त गायिका तृष्णा गुरुङ र धरानका ख्यति प्राप्त डिल्ली फोम्बो एण्ड बिमक्स ब्याण्डले दर्सक तथा स्टेज तताउने भएका छन् । कार्यक्रमको सम्पुर्ण तयारी भैसकेको आयोजक कमिटी जि ११ ईन्टरटेन्मेन तथा प्रथम म्युजिकल ईभेन्ट मधुमल्लाले बताएको छ ।