वराहक्षेत्र÷वराहक्षेत्रलाई अहिले वडा दशैले छपक्कै छोएको छ , घरघरमा आईु पुगेको नेपालीको महान दशै चाड मनाउन यतिखेर मानिसहरुको जताततै भिडभाड देखिन्छ ।नगरपालिकाको मुख्य बजारहरु बयरबन,चक्रघट्टी,कालाबन्जर,होस प्रकाशपुर वा मधुवन होस त्याहाका हाट बजार, पसल भरिभराउ छ । म विहानै चतरामा लाग्ने सोमवारे हाट घुम्न गएको थिए ।गाउँ घरमा चारैतिर रमाईलो दृष्य देखिन्छ , हाट बजार,बजार,पसल,गाउ“घर जता हेरयो उतै चहलपहल साना केटाकेटी देखि युवा तन्नेरी महिला पुरुष नयाँ नयाँ लुगा किन्नमा व्यस्त छन् भने पाको उमेर वृद्धवृद्धा दशैंको मौका छोपेर जाडो पनि छल्ने न्यानो सल,बर्को, जस्ता कपडा किनिरहेको देखिन्छ ।सबै आफ्नो गछछे अनुसार दशैको किनमेल गर्न व्यस्त छन् भने घर रंग्याउ“न छुटेकाहरु कुची र रंग लिएर घरको भित्तालाई विभिन्न रंगले उज्यालो पार्दैछन् ।मानिसको हुल सगै हाटमा खसि बोका पनि एकै ठाउँमा थुप्रिएका छन् ।

हुल हुलका पाहाड वाट हाट झर्दैछन् । खसीबाख्रा लिएर तल तराईमा बेच्न आएका सँग स्थानिय र व्यापारी मोलभाउ गदैछन् । साना साना खुद्रा व्यापारी,साईकल,डोकोमा तरकारी बेच्ने कोही संग पनि बोल्ने फुर्सत छैन् ।चतरा बस स्टेण्डमा पनि पहिले भन्दा अहिले भिड बढेको छ । गाडीवाट एक हुल ओर्लदैछन् भने अर्को हुल तछाडमछाड गर्दै उक्लिन खोज्दैछन् ।राजधानि काठमान्डौ लगायतको ठूला शहरमा पढ्न बसेका कतिपय घर आउदै छन् भने अरु आउने तयारीमा छन् ।घर आएका स्कुले विद्यार्थीहरु नआएका साथीभाई लाई कहिले आउछन्, टिकट पाईस भन्दै फोनमा गफिदै छन् ।जात समुदाय अनुसार कतिले दशैको लागि खसीबोका, सुंगुर,रांगाको जोहो गरिसकेका छन् भने छुटेकाहरु किन्ने तयारीमा हाट आएको भेटिए ।दशैमा रमाईलो गर्न टोलै पिच्छे वांसको पिङ्गमा कोशी मच्चिदैछन् भने कतै बन्दै गरेका देखिन्छन् ।

दशै मान्न मिठो मसिनो सबैले तयारी गरिसकेका छन् ,गरिरहेका छन् । दशैको मुख्य खाद्यान मासुको विभिन्न परिकार बनाउदै यसपालाको दशै मान्न सबै तमतयार भएका देखिन्छन् ।चतराधाम स्थित श्रीराम शान्तिकुञ्ज महिला अनाथ सेवा आश्रम पनि दशै लाई स्वागत गर्न तैयार भएको देखिन्छ ।आफ्नो बांकी जिवन पवित्र चतराधाममा बिताउन त्याहा बस्दै आधा जसो वृद्ध आमाहरु आफ्नो घर गईसके भने आधी आमाहरु यसपटकको दशै मान्न घर नगएर आश्रममै बसेका छन् ।आश्रमकी सञ्चालिका मिथिला पाण्डेले सधै हामी लाई आमा जस्तै टिका लगाईदिनु हुन्थ्यो तर अहिले काठमान्डौ जानुभएको छ , आइृपुग्नु हुन्छ की सह सञ्चालिका यसोदा पाण्डेले भनिन् ।हामी त शुद्ध शाकाहारी हौं दशैमा मासु त चल्दैन् तर मज्जाले मनाउ“छौ ।

तपाईहरु मासु खानुहुन्छ ,हामी खादैनौ,फरक यति मात्र हो अरु सबै एउटै हो ।दशै मान्नुहोस, जिव हत्या गरेर होईन् भरसके हामीजस्तै श्वास भएको लाई संसारमा भएका जिवजन्तु लँई माया गरौं । हामी जस्तै उनीहरुको पनि मन हुन्छ यति हो उनीहरु बोल्न सक्दैन् ।हाम्रो अनुरोध छ तपाईहरु लँर्इृ पाण्डे भन्छिन । नेपालीको महान विजयादशमी,शुभ दिपावली र छठको हार्दिक र्मगलमय शुभकामना ।