इटहरी/सरस्वती कृषक सहकारी संस्था लिमिटेडको चौधौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । इटहरीको पर्यटकीयस्थल तालतलैयामा शनिबार सम्पन्न साधारणसभामा संस्थाको वार्षिक तथा आर्थिक प्रगति विवरण पेश गरिएको थियो ।  एक सय ६० जना महिला र एक सय ९० जना पुरुष सदस्य रहेको सो संस्थाले अघिल्लो आर्थिक वर्षभन्दा ३८ प्रतिशत शेयर वृद्धि गरी ६६ लाख ८३ हजार एक सय रुपैयाँ शेयर बनाएको समितिले जनाएको छ । संथाका ऋण उप समितिका संयोजक सुनिल अधिकारीका अनुसार गएको आर्थिक वर्षमा २ करोड ४४ लाख ८० हजार ८ सय ८९ रुपैयाँ ऋण लगानी गरेको छ । संस्थाले यस आर्थिक वर्षमा ४५ लाख ५२ हार ९ सय ३३ रुपैयाँ आम्दानी गरेकामा खर्च कटाएर २१ हजार ५४ रुपैयाँ खुद आम्दानी गरेको अध्यक्ष प्रवीनकुमार कार्कीले जानकारी दिए । संस्थाले वार्षिक कार्यक्रममा शेयर रकम वृद्धि गर्ने, बचत वृद्धि गर्ने, क्यालेण्डर प्रकाशन गर्ने, ऋण रकम वृद्धि गर्ने, कृषि परियोजना सञ्चालन गर्ने, सहकारी भ्रमण र शेयर सदस्य राहत कोष सञ्चालन गर्ने पनि कार्कीले जानकारी दिए ।

साधारणसभामा संस्थाका अध्यक्ष कार्कीसहित इटहरी ३ का वडाअध्यक्ष बालकृष्ण विष्ट, इटहरी–३ का समाजसेवी तुलाराम दङ्गाल, शिलदेवी स्कुलका व्यवस्थापन समितिका अध्यक्ष दलजित सुब्बा, तालतलैया बोर्डिङ स्कुलका जितबहादुर खापुङ, इटहरी–३ पुराण चौक बजार व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर थापा, कुमारी बैङ्क इटहरीका माधव खरेल, संस्था सञ्चालक अनिल अधिकारी, उमेशचन्द्र कटुवाललगायतले शुभकामना तथा आफ्ना भनाइहरू राखेका थिए ।