दमक/ झापाको दमकमा शनिबार विभिन्न मिडियाबीच फुटसल प्रतियोगिता गराइएको छ ।

१० वटा टिम सहभागी रहेको प्रतियोगितामा गौरादहको कसर साप्ताहिकले उपाधि उचालेको छ ।

त्यस्तै समदर्शी मासिक उपविजेता बनेको छ ।

विजेता बनेको कसरले नगद १५ हजार रुपैयाँ र उपविजेताले नगद १० हजार रुपैयाँ जितेको खेल संयोजक अर्जुन राजवंशीले बताए ।