पानवारी /दशैको रौनक चारैतिर देखिन थालि सकेको छ ।

बजारमा खुट्टा हालिनसक्नु गरी भीडभाड बढेको छ । दैनिक उपभोग्य वस्तुको किनमेल गर्नेदेखि लिएर दशैमा फेसनेवल लत्ता कपडा तथा गरगहना किन्नेको भिडले बजार नै अस्तव्यस्त भइरहेको छ । मेला महोत्सव तथा रमाइलोले आधा रातसम्म जागै हुन थालिसकेको छ ।

तर सरकारले वृद्धाभत्ता दिन्छ र आफ्नो आवश्यकताका वस्तुहरु किनमेल गरौला । दशैमा टिका थाप्न आउनेलाई दक्षिण दिउँला भनेर पर्खिएर बसेका वृद्धाहरुलाई भने यसवर्षको दशै नआउने निश्चित भइसकेको छ ।

धरान–६ बाट वृद्धाभत्ता थाप्न मेघा बैक धरानमा आइपुगेका गोविन्द राई विहान ६ बजेदेखि लाइनमा बस्दा समेत ३ बजेमात्रै पालो आएर वृद्धा भत्ता निकालेको गुनासो गर्छन् ।

उसै त वृद्ध शरिर सरकारले सेवा दिएको हो हामीलाई तर राम्ररी वितरण गर्न नसक्दा एकदमै सास्ती भयो । उनी मात्र होइन वृद्धाभत्ता लिन आएका धेरै बैकहरुले विहान ८ बजेदेखि वृद्धाभत्ताको टोकन एक घण्टासम्म बाड्छन्, त्यो समयमा जो जो आइपुग्यो त्यसैले मात्रै रकम भुक्तानी पाउँछन् अन्य त्यसै फर्किनु पर्छ ।

‘सधै त दशैमा भत्ता थाप्न पाइन्थ्यो सास्ती खेपेर भएपनि यसपाली त थाप्नै नपाइने भयो – पानवारीबाट आएकी एक वृद्धा निराश मुद्रामा भेटिइन् ।

उनले भत्ता थापेर नाती नातिनालाई टिका लगाइदिएर दिने दक्षिणादेखि एकछाक भएपनि मिठो मसिनो खान पाइनेमा ढुक्क थिइन् तर अब दशै अघि बैक बन्द हुने भएपछि त्यसै फर्किनु पर्दा उनको अनुहारमा नैराश्यता झल्किन्थ्यो ।

उनी मात्र होइन यसपाली धरानका सबै वडाका सामाजिक सुरक्षा भत्ता थाप्नेहरु अधिकांशले भत्ता थाप्न नपाउने स्थिति छ ।

हिजो (आइतबार) र आज मात्रै बैक खुल्ला हुने भएकोले अधिकांशले भत्ता निकाल्न नपाउने निश्चित छ । यो समस्या यस वर्ष मात्र नभई यस अघिका वर्षमा समेत देखिदै आएको थियो ।

धरानमा मेघा बैक, सानिमा बैक, सिद्धार्थ बैक, लक्ष्मी बैक तथा बाणिज्य बैंकले वृद्धभत्ता वितरण गर्दै आएका छन् ।

तर यसवर्ष धरान उपमहानगरपालिकाले वृद्धाभत्ताको रकम समयमा बैकलाई उपलब्ध नगराउदा वितरणमा गर्न नसक्ने अवस्थामा बैकहरु पुगेका छन् ।

एउटा बैंकले दैनिक २ सय भन्दा बढीलाई भत्ता वितरण गर्न नसक्ने बैकका शाखा प्रमुखहरु नै बताउँछन् । सानिमा बैंकका धरान शाखा प्रमुख लोकनाथ अधिकारीले भने हामीले आज र भोलीमा ४ सय जतिलाई भत्ता बाड्छौ होला ।

सानिमा बैंकले १५ सय भन्दा बढीलाई वृद्धा भत्ता बाड्ने गरेको छ । धरानमा बृद्धाभत्ता बाड्ने प्रत्येक बैंकले कम्तिमा १५ सयदेखि २६ सय भन्दा बढीलाई भत्ता बाड्ने गरेका छन् तर २ दिनमा एक चौथाइले पनि भत्ता थाप्ने स्थिति देखिदैन ।

सामाजिक सुरक्षा भत्ता निकासा गर्ने कोलेनिकाले ढिलो गरी निकासा गरेकोले समयमा वितरण गर्न नसकिएको धरान उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख गणेश खतिवडाले बताएका छन् । उनका अनुसार निकासा नै ढिलो भएकोले वितरण गर्न नसकिएको हो ।

मेघा बैकले बुधबारदेखि वृद्धाभत्ता बाड्न थालेको बताएको छ र शनिबार पनि बृद्धाभत्ता वितरणकै लागी बैंक खुल्ला गरेको बैकका धरान शाखा प्रमुख सविन श्रेष्ठले दाबी गरेका छन् ।

तर अन्य बैंकले भने आइतबारदेखि मात्रै वितरण गर्न सुरु गरेका हुन् ।

सिद्धाथै बैंकका शाखा प्रमुख दिपक कुमार थापाले धरान उपमहानगरपालिकाले धरानमा सिमित बैंकलाई मात्र भत्ता वितरण गर्ने जिम्मेवारी दिएर पनि समयमा बाड्न नसकिएको बताएका छन् ।

उनले भने –‘हामीले सामाजिक उत्तरदायित्व वहन गरेर सरकारलाई भत्ता बाड्न सहयोग गरेका हौ, त्यो भन्दैमा वृद्धाभत्ता थाप्ने जतिलाई हामीले मात्रै बाड्यौ भने जहिले समस्या हुन्छ ।

त्यसैले अरु बैंकलाई पनि बृद्धाभत्ता बाड्न लगाउनुपर्छ धरान उपमहानगरपालिकाले ।’ धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सामाजिक सुरक्षा भत्ता वितरण गर्ने विधीलाई सहज बनाउनेतर्फ अघि बढेको बताइन् ।

उनका अनुसार यसपटक अलि अव्यवस्थित भएपनि अर्काे पटक भने अध्ययन गरी सहज बनाउन लागी पर्नेछौँ ।