ठूलो लगानीमा एमएच होटल संचालन पर्यटन प्रवद्धनलाई ध्यानमा राखेर धरानका केही स्थानमा रात्रीकालिन बजार विस्तार गर्ने तयारी गरिएको छ । धरानको आन्तरिक पर्यटकीय स्थलको रुपमा परिचित वगरकोटमा रात्रीयकालिन बजार विस्तार गर्ने तयारी भएको हो । धरान उपमहानगरपालिका पर्यटन बोर्डका सहसंयोजक किशोर थुलुङले बगरकोटलाई २४ सै घण्टा खुल्ला गर्न छलफल भईरहेको बताएका छन् । बाहिरबाट धरान घुम्न आउनेहरुको लागि राम्रो घम्ने, रमाईलो गर्ने स्थानको अभाव धरानमा भएकाले थप विकास गर्न उपमहानगरले सोचिरहेको उनले बताए । धरानको पर्यटन विकासका लागि करिव २ करोड बजेटसमेत विनियोज गरिएको छ । पहिलो चरणमा बगरकोटलाई रात्री बजार परिक्षणका लागि शुरु गरिने उनले बताए । त्यससँगै धरान–१८ स्थित विपी गेट अगाडी, पुतलीलाईलाई पनि रात्री बजार विस्तार गरिने भएको छ । विगत १० बर्ष अघिदेखि बगरकोटमा स्तरिय होलट रेस्टुराहरु खुलेका छन् । यहाँ सुविधायुक्त नयाँ होटल खुल्ने क्रममा छन् । पछिल्लो समय अहिलेसम्म कै धेरै लगानिमा एमएच होटल एण्ड विविक्यु हाउसको आइतवार उद्घाटन भएको छ । करिव डेढ करोड रुपैया लगानीमा खोलिएको होटलको उद्घाटन धरान उपमहानगरपालिका पर्यटन वोर्ड सहसंयोजक किशोर थुलुङ्ग र होटलका संचालक जीवन मेन्याङ्गवो लिम्वुले संयुतm रुपमा गरेका छन् । एमएचको आफ्नै हलमा उद्घाटन तथा दशै, तिहार र छठ पर्वको सुभकामना आदनप्रदान कार्यक्रमको समेत आयोजना गरिएको थियो । करिव १२ वर्ष अघि देखि सुरु गरिएको एमएच होटलमा थप लगानि गरि नयाँ रुपमा संचालनमा ल्याइएको संचालक जीवन मेन्याङवोले बताए । समयको माग अनुसार व्यवसायलाई आधुनिकरण गरेर थप लगानीका साथ होटल संचालनमा ल्याएको संचालक उनले बताए । होटलमा ग्राहकको मनोरञ्जनको लागि हरेक दिन लाइभ म्युजिक र डिजे सेसनसमेत रहेको छ । अनुभवी र तालिम प्राप्त कुकवाट वनाइएको राइ र लिम्वुहरुको जातिय परिकार, इन्डियन परिकार र सवै प्रकारको सेकुवाको स्वाद लिन पाइने संचालक लिम्वुले दावी गरेका छन् । होटलको सेवा, सुविधा तथा आगामी योजनाबारे सोही कार्यक्रममा पत्रकारहरुलाई जानकारीसमेत गराइृएको थियो । उद्घाटनको अवसरमा आर्इतबारदेखि ग्राहकहरुमा एकहप्तासम्म उठेको बिलको १० प्रतिशत छुट र हरेक साँझ ६ बजेपछि आउने ग्राहकमध्ये सबैभन्दा पहिले आउने ग्राहकलार्इ आकर्षक उपहारको समेत व्यास्था रहेको बताइएको छ ।