धरान /  धरानको खानेपानीको विभिन्न श्रोतको पानीको गुणस्तर परीक्षण गर्दा सबैमा मानव शरीरको लागि हानिकारक कीटाणु कोलिफर्म भेटिएको तथ्य शुक्रबार धरानमा आयोजित ‘पानी चौतारी’ नामक छलफल कार्यक्रममा विज्ञहरुले बताएका छन् । विगत ३ वर्षदखि धरान र धुलिखेल उपमहानगरपालिकामा पानी व्यवस्थापन सम्बन्धी अध्ययन अनुसन्धान गर्दै आएको अन्तर्राष्ट्रिय संस्था साउथ एशियान इन्स्टिुच्युट अफ एडभान्स स्टडि (सियास) ले शुक्रबार धरान उपमहानगरपालिकाको भवनमा पानी चौतारी छैठौं भागको आयोजना गरेको थियो । उक्त कार्यक्रममा यस्ताे बताएका हुन । कार्यक्रममा काठमाण्डौवाट आएकी सियासकी सल्लाहकार डा नानी रावतले गत वैशाक महिनामा लिएको धरानका विभिन्न श्रोतहरुको पानीमा खान नहुने प्रदुषित रहेको पाईएको जानकारी दिएकी थिईन । डा रावतका अनुसार धरानका २० स्थानको पानीको नमुना लिएर ल्याव जाँच गर्दा सवैमा कोलीफर्म पाईएको वताईन । २० स्थान मध्ये नेपाल खानेपानी सस्थानको एउटा रिजर्भ वयर, वार्ड न ७ विष्णुचोकवाट ५ स्थान , मकालु वस्तीको ५ स्थान वार्ड नम्वर १४ को ८ स्थानवाट लिएको पानीको नमुनामा कोलीफर्म पाईएको वताइन । कोली फर्म भएको पानी खादा झाडापखाला,जण्डिस, टाईफाईट र छाला सम्वन्धी रोग लाग्ने चिकित्सकहरु वताउँछन । जलवायु मैत्री पानी सुरक्षाको लागि लैगिक समावेशिकरण सम्वन्धी सो अन्तरक्रिया कार्यक्रममा धरान उपमहानगरकी कार्यवहाक मेयर मञ्जु भण्डारीको समेत उपस्थिति रहेको थियो । यहि दशैदेखि नयाँ परियोजना अन्तर्गतको स्वच्छ सफा र प्रसस्त पानी खुवाउने हाम्रो चाहना हुदा हुदै धरानकै एक सस्थाले अदालतमा मुद्धा हालेको कारण खुवाउन नसकिएको उनल ेबताएकी थिईन । उनी खानेपानी बोर्डकी संयोजक समेत हुन । खानेपानी वोर्डका सदस्य आनन्द श्रेष्ठले ३५ हजार घर धुरी भएको धरानमा १७ हजार ग्राहकलाई मात्र नेपाल खानेपानी सस्थाले पानी खुवाई रहेको बताए । अन्य १८ हजार परिवारले आफैले श्रोत खोजेर असुरक्षित पानी खाई रहेकोले छ । तर नयाँ परीयोजनाले धरानका सवै वार्डमा स्वच्छ सफा पानी खुवाउने लक्ष्य रहेको वताए । यसै गरी जलवायु परीवर्तन सम्वन्धि विषयका विज्ञ तथा सियासका अध्यक्ष नगेन्द दाहालले विश्वमा जलवायु परिवर्तनको मारवाट पिडित देशहरु मध्ये नेपाल ५ औ स्थानमा आउने भएकोले प्लाष्टिकजन्य वोटलहरुलाई विस्थापित गर्नु पर्ने सुझाव दिएका थिए । इन्जिनियर राजु पोखे्रलले सहजिकरण गर्नु भएको सो कार्यक्रममा सियास नेपालका विज्ञहरु डा चन्द्र पाण्डे, डा रचना उपाध्याय ,कौस्तुप न्यौपाने र उपमहानगरपालिकाकी अधिकृत हेमा थलङले वोलेका थिए । कोलिफर्म के हो ? ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. पुन शुक्रराजका अनुसार कोलिफर्म बाहिरी वातावरणमा रहेको पानी, मानिस वा तातो रगत भएका जनावरका दिसामा पाइने गर्छ। यो एक दर्जनभन्दा बढी ब्याक्टेरियाको समूह हो। यदि कुनै पानीमा कोलिफर्म भेटिए, त्यसमा ढलको पानी मिसिएको भनेर बुझ्न सकिन्छ। तर, यसमा हुने धेरैजसो ब्याक्टेरियाले मानव स्वास्थमा उल्लेख्य हानी पुर्‍याउँदैन। यसलाई सामान्यतः तीन स्तरमा छुट्याएर हेरिन्छ र यसैका आधारमा स्वास्थ्य जोखिम पनि छुट्याइन्छ। १. टोटल कोलिफर्म: यसले कोलिफर्मको समूहलाई बुझाउँछ। यसले आफूले प्रयोग गर्ने पानी फोहोर मिसिएको संकेत गर्छ। २. फेकल कोलिफर्म: यसले पानीमा जनावर वा मानिसको दिसा मिसिएको संकेत गर्छ। टोटल कोलिफर्मभन्दा यसको उपस्थितिले मानिसको स्वास्थ्यमा हानी गर्न सक्ने सम्भावना बढी हुन्छ। ३. इकोलाई: फेकल कोलिफर्मको उपसमूहका रुपमा 'इकोलाई'लाई लिने गरिन्छ। पानी पिउनका लागि अयोग्य भएको संकेतका रुपमा यसलाई सबैभन्दा भरपर्दो रुपमा लिने गरिन्छ। धेरैजसो इकोलाईका प्रजातिहरू हानिकारक हुँदैनन्। तर, कहिलेकाहीँ बान्ता, पखाला, टाउको दुख्ने र मांशपेशी बाउँडिने हुन सक्छ। नेपालमा कोलिफर्मबारे व्यापक चर्चा हुने गरे पनि कुन स्तरको हो भनेर वर्गीकृत गर्ने गरेको पाइँदैन। केही अनुसन्धानहरुमा भने वर्गीकृत गरी अध्ययन गरिएका छन्। कोलिफर्मको मात्रा जति बढी हुन्छ स्वास्थका लागि उति जोखिम रहन्छ भनेर बुझ्नु हुन्छ।