विजया दशमी तथा दुर्गा पुजाको अवसरमा सर्लाहीको हजरियामा सम्मान तथा बृहत् सास्कृतिक कार्यक्रम हुँदैछ ।

रास्ट्रिय स्तरका चर्चित कलाकारहरुको साथमा यहि २०७५ असोज ३१ गते बुधबार हजरियाको भगवतीपुर चोकमा हुने श्री मा शक्ति दुर्गा क्लबका अध्यक्ष रघुबिर महत्तोले बताए ।

नेपालका चर्चित कलाकार निखिल उप्रेती, कमल खत्री, कर्ण राज गिरि ,शिबशंकर रिजाल (जोगिन्द्र), सुनिल पण्डित, इष्टु कार्की, सेलिना कुवर, विजय बराल, राम ठाकुरसंगै निर्देशकद्वय प्रदीप भट्टराई र पुर्नेन्दु झा पनि उपस्थिति रहनेछ ।

यसको अन्तिम तयारीमा रहेको र कार्यक्रमले समाजमा राम्रो संदेश जाने क्लब का अध्यक्ष महत्तोले बताए ।

अध्यक्ष महत्तो भन्छन् यस कार्यक्रममा आउने सबै कलाकारहरु हाम्रो सर्लाही जिल्लाका हुन् । यस कार्यक्रमबाट कलाकार अझै हौसला र सम्मान पाँउने  आशा गरेको छ ।

यसको उदेश्य भनेको सर्लाहीको ठाउँ,गाउँ र कलाकारहरु चिनाउनु हो ।

कार्यक्रममा नेपाली, भोजपुरि, मैथिली गीत संगीत, नृत्य र हास्य व्यंग्यको जोडदार प्रस्तुति रहने छ ।

प्रबेश निशुल्क रहेको सास्कृतिक कार्यक्रममा मा दुर्गा क्लबले बिजया दशमिको शुभकामनासँगै सम्पुर्णमा उपस्थितिको लागि सबैमा अनुरोध गरेकाे छ  ।