बाल्यकालमा साथीहरूसँग मिलिजुली पिङ खेली रमाइन्थ्यो र पो दशैं आएजस्तो हुन्थ्यो अरुबेला पैसाको कौडी हुन्थेन दशैंमा टन्न कमाइन्थ्यो र पो दशैं आएजस्तो हुन्थ्यो !

जे भन्यो त्यही नपाइने बेलामा मीठा परिकार खान पाइन्थ्यो र पो दशैं आएजस्तो हुन्थ्यो अरुबेला थोत्राथाम्रा लगाएर काम चलाइन्थ्यो नयाँ–नयाँ लुगा पाइन्थ्यो र पो दशैं आएजस्तो हुन्थ्यो !

कहिल्यै कतै नगई सधैँ घरै बसिन्थ्यो आफन्तहरू कोसेलीपात लिएर आउँथे र पो दशैं आएजस्तो हुन्थ्यो घरहरू रङ्गाएर ओल्लो घर अनि पल्लो घर टीका–जमरा लाउँथे र पो दशैं आएजस्तो हुन्थ्यो !