मुछेर दहीमा अछेता उमारेर समयको जमरा बाध्यताको घाम पानी सहेर फुलेको सयपत्री मखमली, गोदावरी फूल बालेर आशाको दियो आऊ बसौं ! एकैछिन दशैं मनाऔं ।

भो ! दशैंको दिन नसम्झौं एकैछिन बेपत्ता पारिएका माइला दाइलाई शहीदको नाममा झुन्ड्याइएको उनको तस्बिर ।

भो नसम्झौं दशैँको दिन अरबको तातो घाममा पसिना पुछिरहने ठुल्दाइलाई हो ! आज दशैंको दिन नसम्झौं बितेका कालो दिनहरूलाई आऊ सबै मिलेर सबै कुरा भुलेर एकैछिन दशैं मनाऔं ।। (कोलोराडो, अमेरिका)