धनकुटा/ धनकुटा बचत तथा ऋण सहकारी संस्था लिमिटेड धनकुटा–७ ले वार्षिक साधारण सभा शुक्रबार सम्पन्न गरेको छ ।

प्रदेश नं.१ का सांसद् निरन राईको प्रमुख आतिथ्यमा सम्पन्न १४ औं वार्षिक साधरण सभामा अध्यक्ष निरेन तितुङ तामाङले सहकारी संस्थाको तर्फबाट प्रगति प्रतिवेदन प्रस्तुत् गरे । उनले आ.व. ०७४/७५ को २१ करोड ४८ लाख ६० हजार ७ सय ५७ रुपैयाँ वार्षिक वित्तीय कारोबार गरेको जनाए ।

संस्थाको आयतर्फ शेयर बिक्रीबाट यस वर्ष १३ लाख ५३ हजार ४ सय रहेको छ । शेयर फिर्ता ९ लाख ३९ हजार र निक्षेप सङ्कलन ७ करोड १२ लाख ८५ हजार २ सय भएको छ ।

संस्थाले ६ करोड ६७ लाख ८५ हजार निक्षेप फिर्ता गरेको छ भने ऋण माग ६१ लाख ५७ हजार ४७ रुपैयाँ छ । संस्थाले ३० लाख १३ हजार ९ सय ६१ रुपैयाँ ऋण तिरेको छ ।

ऋण लगानी ३ करोड ३४ लाख ९० हजार ४ सय ४६ रुपैयाँ गरेको छ । संस्थाले ३ करोड १८ लाख ३६ हजार १ सय १० रुपैयाँ ऋण असुली गरेको छ ।

आ.व.०७४/७५ को कुल पुँजी निर्माणतर्फ २१ करोड ४८ लाख ६० हजार ७ सय ५७ रुपैयाँ रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।

अध्यक्ष तामाङले यथार्थ आय तथा व्यय तर्फ ६४ लाख ७२ हजार ६ सय ३९ रुपैयाँ बरावरको वित्तीय कारोबार देखाएका छन् ।