पानवारी/नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धरानले नेपालीहरूको चाड वडादशैं, तिहार, नेपाल सम्वत् ११३९, छठ, इद, चासोक, साकेला, उधौली, ल्होसारलगायतको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ ।

सुनसरी उद्योग वाणिज्य सङ्घको सभाहलमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेकपाका स्थायी कमिटि सदस्य तथा प्रदेश नं. १ का इञ्चार्ज भीम आचार्य, केन्द्रीय सदस्य धर्मराज निरौला, केन्द्रीय सदस्य निर्मल बराल, सांसदहरू उमिता विक, सावित्री श्रेष्ठलगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमको अध्यक्षता नेकपा एमालेका धरान अध्यक्ष नारायण सुवेदीले गरेका थिए भने सञ्चालन माओवादी केन्द्रका धरान इञ्चार्ज चोत्लुङले गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि भीम आचार्यले नेपालमा १२५ जातजातिको बसोबास रहेको र विभिन्न संस्कृति रहेको भन्दै त्यसको जगेर्ना गर्नुपर्ने बताए ।

संस्कृति हराउँदै बिलाउँदै गयो भने मान्छे र रोबर्टबीचमा फरक नहुने आचार्यले बताएका थिए ।