निर्मला हत्या प्रकरण: २६ प्रहरी छानबिन समितिकाे निगरानीमा

alt
  • आश्विन २७, २०७५
  • १२१ पटक पढिएको
  • ब्लाष्ट खबर

भीमदत्तनगर  /  कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्यारा प्रकरणमा अनुसन्धानमा खटिएको तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी अधिकृत र कर्मचारीमाथि छानबिन समितिले सुक्ष्म अध्ययन गरिरहेको छ ।  गत भदौ ३१ गते सरकारले प्रहरी अतिरित्त महानिरीक्षक धिरु बस्न्यातको संयोजकत्वमा गठन गरेको छानबिन समितिले निर्मला प्रकरणमा अनुसन्धानमा प्रहरी कर्मचारीको भूमिका र सम्पादन भएका कार्यको सुक्ष्म अध्ययन गर्दै टोली शुक्रबार भीमदत्तनगर आइपुगेको छ । गठन भएकै समयदेखि तोकिएको जिम्मेवारी अनुसार अनुसन्धानमा खटिएको प्रहरी अतिरित्त महानिरीक्षक बस्न्यातको टोलीले अनुसन्धानमा खटिएका यहाँका २६ जना प्रहरीमाथि छानबिन भइरहेको जनाएको छ ।  “अनुसन्धानका क्रममा प्रहरीबाट भएको कमजोरी र भूमिका शङ्कास्पद देखिए हामी कडाभन्दा कडा कारवाही गछौं ।” आज बिहान कञ्चनपुरका सञ्चारकर्मीसँग घटनाबारे छलफल गर्दै छानबिन समितिका संयोजक प्रहरी अतिरित्त महानिरीक्षक धिरु बस्न्यातले भने ,“छानबिन टोली दिनरात नभनेर अनुसन्धानमा खटिएको छ ।” संयोजक बस्न्यातले घटनासँग सम्बन्धित सूचना दिन सबैपक्षसँग आग्रहसमेत गरेका छन् । शुक्रबार यहाँ पुगेलगत्तै निर्मला पन्तका पीडित परिवार, घटनास्थल, यसअघि घटनाका अभियुक्त बनाइएका दिलीपसिंह विष्टका परिवारसँग समेत छानबिन समितिले भेट गरेको छ । त्यसैगरी आज बिहान टोलीले घटनाकै विषयमा महिला तथा मानव अधिकारकर्मीसँग छलफल गरेको छ । छानबिन समितिसँगको छलफलमा तत्कालीन अवस्थामा अनुसन्धानमा खटिएका प्रहरीले गम्भीर लापरवाही गरेको र घटना लुकाउन भूमिका खेलेको भन्दै कारवाहीको माग समेत यहाँ गरिएको छ । गत साउन १० गते साथीको घरबाट स्कुलको गृहकार्य सकेर घर जाँदै गरेकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो । रासस

इडेनको शैक्षिक मेलाक

धरान  । वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूला

कर्ण दास र मीरा राणा

जिन्दगीको के भरोसा ... यो गीत डेढ दशकअगाडि निकै लोकप्

नेपालीभाषी २ साहित्य

पथरीशनिश्चरे । भारतको विहार हिन्दी साहित्य सम्मेलनले सि

इटहरीमा मारुनीको कन्

इटहरी । यही भदौ १३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved