आफ्नो शुक्रकिट बेच्ने एउटा केटाे

alt
  • आश्विन २७, २०७५
  • १५५ पटक पढिएको
  • ब्लाष्ट खबर

एजेन्सी / पहिलो पटक मैले निकै असहज महसुस गरिरहेको थिएँ। आफ्नो कोठाभित्र हस्तमैथुन गर्नु र शुक्राणू(शुक्रकिट) बेच्नका लागि त्यो गर्नुबीच धेरै फरक हुँदोरहेछ। शौचालयमा एउटा प्लास्टिकको भाँडामा मेरो नाम लेखिएको थियो। हस्तमैथुनपछि मैले शुक्राणू त्यही छाडेँ र त्यस बापत चार सय भारु पाएँ। हाल म २२ वर्षको छु र म इन्जिनियरिङको विद्यार्थी हुँ। यो उमेरमा केटीसाथीको चाहना हुनु र यौन आकर्षण हुनु स्वभाविक नै हो।

तर तपाईँ जो कोहीसँग पनि शारीरिक सम्बन्ध बनाइहाल्नूस् भन्ने यसको अर्थ होइन। म जुन शहरबाट आएको हुँ त्यहाँ बिहेअघि केटा मान्छेले शारीरिक सम्बन्ध बनाउन  सजिलो छैन। मलाई लाग्छ महिलाको हकमा पनि त्यस्तै अवस्था छ। यस्तो अवस्थामा पुरुषहरूका लागि हस्तमैथुन यौनसुखका लागि एउटा विकल्पको रूपमा हुन्छ।

तर मलाई लाग्यो हिजोसम्म मैले जे खेर फालिरहेको थिएँ आज त्यसलाई विक्री गर्न पाएको छु।शुक्राणूदानबारे मैले पत्रिकामा एउटा समाचार देखेँ। त्यसअघि मैले रक्तदानबारे मात्रै सुनेको थिएँ। पत्रिकामा समाचार देखेपछि ममा कौतुहलता बढ्यो र मैले पूरै समाचार पढेँ।

समाचार पढेपछि मैले थाहा पाएँ भारतमा यस्ता लाखौँ दम्पती छन् जो स्वस्थ शुक्राणू अभावमा बच्चा जन्माउन सक्दैनन्। र, सोही कारण शुक्राणूदानको दायरा तीव्र गतिमा बढ्दो छ। मैले थाहा पाएँ म दिल्लीको जुन क्षेत्रमा बसिरहेको छु त्यहाँदेखि नजिकै एउटा शुक्राणू सङ्कलन केन्द्र रहेछ। त्यहाँ गएर एकचोटि हेरौँ भन्ने विचार मेरो मनमा आयो। म गोरो वर्णको छु, मेरो उचाइ ठिक्कको छ र म बास्केट बल खेल्छु। शुक्राणू सङ्कलन केन्द्र पुगेर मैले शुक्राणू दिने प्रस्ताव गरेपछि त्यहाँका डाक्टरहरू मुस्कुराए।

मेरो व्यक्तित्व हेरेर उनीहरू खुशी भएजस्तो लागिरहेको थियो र उनीहरूको त्यस्तो प्रतिक्रिया पाएर मैले केही अहसज महसुस गरेँ। तर त्यो विषय म कस्तो देखिन्छु भन्ने कुरासँग मात्रै सम्बन्धित थिएन। म शुक्राणू बेच्न लागेको थिएँ। अतः मैले यो साबित गर्नुपर्ने थियो कि म बाहिरबाट जति स्वस्थ छु भित्रबाट पनि उत्तिकै तन्दुरुस्त छु।

डाक्टरले मैले केही परीक्षणहरू गराउनुपर्ने भने। मेरो रगतको नमुना लिइयो। मलाई एचआईभी, मधुमेह लगायत छ कि छैन भनेर जाँच गरियो। म सबैकुरामा खरो उत्रिए पछि पर्सिपल्ट मलाई बिहान नौ बजे बोलाइयो। मलाई एउटा फारम भर्न लगाइयो जसमा गोपनीयतासम्बन्धी केही शर्त थिए। त्यसपछि मलाई प्लास्टिकको एउटा भाँडा दिइयो र शौचालयको बाटो देखाइयो। त्यसपछि शुरू भयो यो सिलसिला। म आफ्नो नाम लेखिएको प्लास्टिकको भाँडा लिएर शौचालय जान्थेँ र त्यसमा शुक्राणू दिइ पैसा लिएर फर्किन्थेँ।

मलाई यो कुराले सन्तोष लागिरहेको थियो कि मेरो शुक्राणूबाट कोही त आमा बन्न सक्छन्। मलाई यो पनि भनिएको थियो कि शुक्राणू दिएको तीन दिनपछि अर्को पटक दिन सकिन्छ अर्थात् एकचोटि दिएपछि कम्तीमा त्यसको ७२ घण्टापछि फेरि दिन सकिनेरहेछ।

केही महिनापछि मेरो मनमा एउटा प्रश्न आयोः के मैले आफ्ना शुक्राणूका लागि पर्याप्त रकम पाइरहेको छु त ? चलचित्र 'विक्की डोनर'का अभिनेता त शुक्राणू बेचेरै धनी बन्छन्, तर मैले एकचोटि शुक्राणू दिँदा जम्मा चार सय भारु पाउँछु। हप्तामा दुई पटक दिँदा आठ सय रुपैयाँ हुन्छ अर्थात् महिनामा ३२ सय रुपैयाँ मात्र हुन्छ। मैले आफू ठगिएको महसुस गर्न थालेँ।

शुक्राणू सङ्कलन केन्द्र गएर 'विक्की डोनर'को चर्चा गर्दै मैले पाउने गरेको रकमबारे असन्तोष जनाएँ । तर आफूप्रतिको मेरो भ्रम त्यतिबेला टुट्यो जब सङ्कलन केन्द्रका कम्प्युटरमा ईमेलहरू देखाइयो जसबाट मानिसहरू शुक्राणू बेच्न पालो कुरिरहेको थाहा भयो। अनि मैले आफूलाई सम्झाएँ म पनि त अभिनेता आयुष्मान खुराना होइन। शायद थोरै रकम पाउने भएर होला हामी जस्तालाई शुक्राणूदाता भन्ने गरिन्छ न कि विक्रेता।

भलै कम रकम पाउने गरेको छु, तर मेरो जीवनमा यसको सकारात्मक असर परेको छ। मलाई लाग्छ आफ्नो शुक्राणू त्यसै खेर फाल्न हुँदोरहेनछ। अर्को कुरा हस्तमैथुन गर्ने मेरो बानी अहिले छुटिसकेको छ। मलाई थाहा छ कि मैले गलत गरिरहेको छुइनँ। तर म यो कुरा सबैलाई भन्न सक्दिनँ। यसको अर्थ यो पनि होइन कि म कसैसित डराउँछु। तर मलाई लाग्दैन हाम्रो समाज यति परिपक्व भइसकेको छ जसले यो विषयलाई सम्वेदनशीलताका साथ बुझ्न सकोस्।

मलाई कुनै अपराधबोध भएको छैन। तर मानिसहरूलाई यसबारे बताउन जोखिममुक्त पनि छैन। यसबारे म आफ्नो घरमा कसैलाई भन्न सक्दिनँ किनकि मेरा आमाबुवालाई यसको नराम्रो असर पर्न सक्छ।

हुन त मेरा साथीहरूमाझ यो विषय अपाच्य होइन र उनीहरूका लागि पनि यो सामान्य कुरा नै हो। समस्या मेरो परिवार र नातागोतामा छ। भविष्यमा मेरी केटीसाथी (गर्लफ्रेण्ड) लाई पनि यसबारे बताउन मलाई कुनै समस्या हुनेछैन। हुन त अहिले मेरी केटीसाथी छैन। तर जो हुनेछ, ऊ शिक्षित हुनेछ र उसले यसलाई सहज रूपमा लिने मेरो विश्वास छ। मलाई लाग्छ यो विषयलाई श्रीमतीहरूले सहज रूपमा लिन नसक्लान् किनकि उनीहरू नचाहलान् आफ्ना श्रीमान्‌ले कसैलाई शुक्राणूदान गरून्।

उसो त शुक्राणू किन्नेहरू अविवाहित पुरुषलाई नै प्राथमिकता दिँदारहेछन् र २५ वर्ष उमेरसम्मका लागि राम्रो मान्दारहेछन्। शुक्राणूदाताको नाताले यो विषयमा मलाई धेरथोर ज्ञान भएको छ। शुक्राणूको मूल्य त्यसको गुणस्तरबाट मात्रै निर्धारण हुँदैन। तपाईँको पारिवारिक पृष्ठभूमि, शैक्षिक योग्यता लगायतका कुराले पनि अर्थ राख्दोरहेछ। यदि तपाईँलाई अङ्ग्रेजी भाषा आउँछ भने तपाईँको शुक्राणूको मूल्य पनि बढी आउनेरहेछ।

हुन त अङ्ग्रेजी जान्ने व्यक्तिको शुक्राणूबाट जन्मिने बच्चामा त्यसको के प्रभाव पर्छ त्यो मलाई थाहा छैन, तर कैयौँले त्यस्ता पुरुषको शुक्राणू खोज्दारहेछन्। मलाई थाहा छ शुक्राणूदाताका रूपमा मेरो परिचय सधैँभरि मसँग हुनेछैन किनकि सधैँभरि त्यो दिइरहने अवस्था पनि रहँदैन। यो कुरा मेरो आमाको निम्ति लाजको विषय हुनसक्छ र मसँग बिहे गर्न कुनै युवतीले अस्वीकार गर्न पनि सक्छिन्। तर शुक्राणूदानलाई लाजको विषय मान्ने हो भन्ने हस्तमैथुन पनि त लज्जाको विषय हुनुपर्छ। तर मेरो लागि यी दुइटै कुरा लाजका विषय होइनन्।

(बीबीसी हिन्दीका सम्वाददाता रजनीश कुमारले तयार पारेको एक युवकको जिन्दगीमा आधारित सत्य घटना। )

७० वर्ष पुरानो पुस्त

भद्रपुर/ झापाको सदरमुकाम भद्रपुर नगरको सामाजिक, बौद्धिक

दयाहाङ र लक्ष्मीकाे

गीतकार प्रलाद शाहको शब्दमा रहेको गीत ' परानै दिन्छु ' द

दुई परिवारका ९ जनाको

फिदिम/ पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा

प्रजातन्त्र र प्रेस

नेपालका पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले आफ्नो


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved