काठमाडौं /  शाहवंशको विरासतका रूपमा रहेको श्रीपेच आगामी सोमबारबाट सर्वसाधारणले हेर्न पाउने भएका छन्। नारायणहिटी दरबार सङ्ग्रहालयमा राखिएको श्रीपेज अव संग्रहालयकाे सुर्खेत र रुपन्देही फाँटमा श्रीपेच देख्न पाउने छन्।  पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले भने, ‘सोमबारबाट सबैको प्रतीक्षा सकिँदैछ। सुरक्षाका साथ श्रीपेचलाई प्रदर्शनमा राखिनेछ।’ उक्त श्रीपेचकाे पहिलाे अवलाेकन प्रधानमन्त्रि केपी अाेलीले गर्ने छन्र ।

संग्रहालयले श्रीपेच, राजदण्ड, दुईवटा मेस, ढाल तरबार, रानीले लगाउने मुकुट (टायरा), एउटा झारी, दुईवटा चमरसहितका एक दर्जन सामग्री बुलेटप्रुफ शोकेसभित्र राखिने भएको छ। संग्रहालयको सुर्खेत र रूपन्देही कक्षमा ती सामग्री राख्न लागिएको हो। पूर्वराजाले नारायणहिटी दरबार छाडेपछि श्रीपेचलगायतका सामग्री २०६५ साल जेठ २९ गते शैलुनमा राखिएको थियो।
पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालको संयोजकत्वमा श्रीपेच अवलोकन गर्न गठित समितिले शुक्रबार सुरक्षाको पछिल्लो अवस्थाका बारेमा जानकारी गराएपछि फूलपातीको अघिल्लो दिनदेखि श्रीपेच प्रदर्शनीका लागि खुला गर्ने निर्णय गरिएको हो।

दरबार सङग्रहालयका पदाधिकारीहरूका अनुसार श्रीपेचलाई सुरक्षाका सातवटा तहमा राखिने भएको छ। सरकारले गत आर्थिक वर्ष २०६८र६९ को बजेट कार्यक्रममा नै श्रीपेचलाई प्रदर्शनीमा राख्ने घोषणा गरे पनि सुरक्षाको कारण देखाउँदै हालसम्म प्रदर्शनमा राख्न सकिएको थिएन। श्रीपेज बुलेट प्रुफ सिसासहितको सोकेसमा राखिएको छ । त्यसमा प्रयोग गरिएको सिसाको परीक्षण गर्ने क्रममा नेपाली सेनाको कालीबहादुर गणले १६ फिट टाढाबाट गोली हान्दा प्वाल नपरी सामान्य चर्किएको मात्र थियो।

विसं २०७१ सालमा श्रीपेचको अवस्थाबारे जानकारी लिइएपछि हालसम्म कस्तो अवस्थामा रहेको छ भन्ने विषय कसैलाई जानकारी दिइएको छैन। हाल श्रीपेच सेनाको कडा सुरक्षा घेराभित्र स्टिलको दराजभित्र राखिएको छ।
पूर्वराजा ज्ञानेन्द्रले २०६५ साल जेठ २९ गते नारायणहिटी छाडेपछि श्रीपेचलगायत महत्वपूर्ण सामग्री कडा सुरक्षा घेराभित्र राखिएको थियो। ज्ञानेन्द्रले नारायणहिटी दरबार छाड्नुअघि हाम्रा पितापुर्खाको विरासतका रूपमा रहेको श्रीपेचलाई सदाका लागि जोगाएर राख्न देशबासीको नाममा सम्बोधन गरेका थिए । पूर्वराजा ज्ञानेन्द्रले नारायणहिटी दरबार छाडेको एक दशकपछि सर्वसाधारणका लागि श्रीपेच खुला गरिएको छ।
ल्याटिन अमेरिकाको एक दुर्लभ चराको प्वाँखको कल्कीबाट बनेको श्रीपेचमा सुन, चाँदी, हीरा, मोती, पन्नाजडित दुर्लभ र बहुमल्य सामग्रीको प्रयोग गरिएको छ।