धरान /धरान-९ स्थित याडिकल लाईट नेपालद्वारा आयोजित एक महिने रेडियो पत्रकारिता तथा उद्घोषणकला तालिम बिहिबार सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि व्यक्तित्व र नेतृत्व बिकासका लागि उद्घोषणकला तालिम आवश्यक रहेको धरान उपमहानगरपालिका वडा नं. ९ का अध्यक्ष रत्न कटुवालले बताए ।

यसैगरि अतिथि तथा  जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रमुख होमराज दाहालले सडक यात्रा सुरक्षित बनाउन सबैको दायित्व भएको बताए ।

तालिमका सहभागी सृष्टिना गिरीले तालिम लिएर हरेक क्षेत्रमा अघि बढ्न आत्मबिस्वास बढेको बताइन् ।

अन्स सहभागीहरु संगीता गुरुङ, बिना राई, जीना योन्जन, ईशु श्रेष्ठ लगायतले तालिमकाे अन्तिम दिन कार्यक्रममा उद्घोषण तालिम लिदाकाे अा अाफ्नाे अनुभव सुनाएका थिए ।

तालिममा सहभागीहरुलाई प्रमुख अतिथि कटुवाल, सत्य सिसु निकेतन बोर्डिंगका भाइसप्रीन्सिपल विजय आछामी लगायतले प्रमाण-पत्र वितरण गरेका थिए ।

याडिकल लाईट नेपालका अध्यक्ष तिर्थ कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा व्यवसायी कमल कुमार गोयल, होलिस्टिक हेल्थ प्रालिका संचालक दिपेन लिम्बु लगायतको उपस्थिति रहेको थियो ।

 तालिममा १५ जना सहभागी रहेको तालिमको सहजिकरण याडिकलका अध्यक्ष कार्की र ब्लाष्टखबर डटकमका प्रधान सम्पादक देबेन्द्र कार्कीले गरेका थिए ।

कायर्क्रम सञ्चालक करिष्मा तामाङ रहेकी थिइन् ।