ए मेरो हजुर ३ को पोस्टर सार्वजनिक भएको छ।

पोस्टरमा अभिनेत्री तथा निर्देशक झरना थापाकी छोरी सुहाना थापा र अभिनेता अनमोल केसीलाई प्रस्तुत गरिएको छ।

सिनेमा म्युजिकल्ली लभ स्टोरीमा रहेको पोस्टरले देखाएको छ।

अभिनेता अनमोल केसी गिटार बजाउँदै छन् भने नव नायिका सुहाना गीत सुन्न मस्त भएकी छन्।

सिनेमाका केही दृश्य छायांकनमा अभिनेता अनमोल केसी रक स्टार र उनको जबजरजस्त फ्यानका रूपमा सुहानालाई प्रस्तुत गरिएको फोटो तथा खबरहरू बाहिर आएका थिए।

सोही थिमअनुसार सिनेमाको पोस्टर सार्वजनिक भएको छ।

पोस्टरसँगै सिनेमाले आफ्नो प्रदर्शन मिति समेत तोकेको छ। पोस्टरमा उल्लेख भएअनुसार सिनेमा चैत २९ गते रिलिज हुनेछ।