[caption id="attachment_90384" align="alignnone" width="777"] फायलफाेटाे[/caption]

पथरी /रमाइलो बहुमुखी क्याम्पसका विद्यार्थीहरूलाई लागूऔषध दुव्र्यसनसम्बन्धी जनचेतनामूलक कार्यक्रम बुधबार सम्पन्न गरेको छ ।

लागूऔषध नियन्त्रण कार्यदल कानेपोखरीको आयोजनामा जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय पथरी र स्ववियुको संयुक्त आयोजनामा मोरङ जिल्ला प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले विद्यार्थीलाई सचेतना गराए ।

केसीले विद्यार्थीहरूलाई लागूऔषध के हो, त्यसको प्रकार, असरहरूलगायत बारे जानकारी दिए ।

स्थानीय युवा नेता भोला अधिकारीले शान्तिसुरक्षा प्रहरीले एक्लै गर्न नसक्ने हुँदा विद्यार्थी र समाजको महत्वपूर्ण भूमिका हुनुपर्ने बताए ।

कार्यदल कानेपोखरीका अध्यक्ष विवेक लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय पथरीका इन्स्पेक्टर कमल बजगाई, रमाइलो बहुमुखी क्याम्पस प्रमुख टीकाराम खरेललगायतको उपस्थिति रहेको थियो ।