धरान / स्वतन्त्र मधेश गठवन्धनका अध्यक्ष सिके राउतलाई प्रहरीले राज्यविरुद्धको अपराधमा मुद्दा दायर गर्ने भएको छ । मधेशलाई छुट्टै राज्य बनाउने भन्दै देश टुक्राउले अभिव्यक्ति दिने राउतलाई आइतबार प्रहरीले पक्राउ गरेको थियो । उनी पक्राउ परे लगत्तै राउतका आफन्तले रौतहट जिल्ला अदालतमा उनको रिहाइका लागि बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए । सो रिट खारेज गर्दै अदालतले राउतलाई थुनामा राखी अनुसन्धान गर्न चार दिनको म्याद थप परेको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।

यस अघि पटक पटक पक्राउ परे पनि प्रमाण नपुगेको भन्दै अदालतले राउतलाई छाड्न आदेश दिँदै आएको थियो। योपटक भने राउत थुनामै रहेकाबेला प्रमाण जुटाएर राज्यविरुद्धको अपराधमा मुद्दा दायर गर्न लागिएको प्रहरीले जानकारी दिएको छ ।  राउतले संविधान जलाउनेदेखि सैन्य दस्ता खडा गर्ने जस्ता कार्य गरेको प्रहरीको आरोप छ । स्वातन्त्र मधेशको नामा मधेशका जनता भड्काउने काम उनले गरेको समेत आरोप लागेको छ । नयाँ मुलुकी ऐनमा व्यवस्था भएअनुसार राज्यविरुद्धको अपराधमा राउतलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था छ ।