धरानमा फेरी मेलाकाे झमेला, उपमहानगरद्वारा दुई वटा संस्थालाई स्वीकृती, काङ्ग्रेले आपति जनायो

alt
  • आश्विन २५, २०७५
  • २६ पटक पढिएको
  • ब्लाष्ट खबर

धरान  / विगतमा मेलालगाएर जुवाजन्य तमासा खेलाएर बद्नाम भएको धरानमा फेरी उपमहानगरपालिकाले रमाइलो मेला लगाउन अनुमति दिएको छ ।  धरान उपमहानगरपालिकाको बिहिबार बिहान सम्पन्न कार्यपालिका बैठकले धरान १२ स्थित छिमेकी युवा समुहलाई मेला लगाउने स्वीकृति दिएको हो । धरानमा आयोजक एउटा संस्था देखाएर एउटा गिरोहले मेला संचालन गर्दै आएको थियो । ३/४ बर्षदेखि मेला लगाउन प्रशासनले दिएको थिएन । गत बर्ष पनि मेलाको चर्चा चलेको थियो तर मेयर तारा सुब्वाले लगाउन दिएका थिएनन् । तर यो बर्ष यो बर्ष भने बडा दशैं शुरु भइसके पछि बिहिबार बिहान बसेको कार्यपालिका बैठकले मेला सम्बन्धी एजेण्डा पारित गरेको हो । बैठकले धरान ६ मा ब्वाइज युनियनलाई पानवारी महोत्सव आयोजना गर्न र धरान १२ स्थित छिमेकी युवा समुहलाई सस्तो बजार तथा रमाइलो साँस्कृतिक उत्सव नामको मेला आयोजना गर्न स्वीकृति दिने निर्णय गरेको बैठकमा सहभागी एक कार्यपालिका सदस्यले जानकारी दिए । नगर कार्यपालिकाका प्रवक्ता एवं वडा नं २० का अध्यक्ष मणीराम राईले चाडपर्वलाई रमाइलो बनाउनका लागि मेला चलाउन स्वीकृति दिने नीतिगत निर्णय कार्यपालिका बैठकले गरेको बताए । बैठकले मेलाको लागि मापदण्ड तयार गर्न एउटा अनुगमन समिति पनि गठन गरेको छ । मेलाको मादण्ड तयार गर्न कार्यपालिका बैठकले वडा नं १५ का अध्यक्ष नरेश इवारमको संयोजकत्वमा ५ सदस्यीय अनुगमन समिति गठन गरेको छ । अन्य सदस्यहरुमा समितिमा वडा नं १२ का अध्यक्ष टंक राई, वडा १० का अध्यक्ष श्रीप्रसाद लिम्बू, वडा १७ का अध्यक्ष मनोज भटराई र वडा १ का अध्यक्ष रोशन अधिकारी सदस्य छन् । यता विगतमा मेलाबाट लाखौंको चलखेल हुने गरेकाले नेपाली कांग्रेसले भने विरोध जनाएको छ । मिलेमतोमा मेला लगाउने अनुमति दिएको भन्दै कांग्रेसले शुक्रबार मेलासहित समग्र नगरपालिकाको बिषयमा पत्रकार सम्मलन गरेर धारणा सार्वजनिक गर्ने बताएको छ । ‘धरानको मेला विगतदेखि नै बद्नाम भएकाले काङगै्सले आपति जनाएको हो ।  विगतमा स्थानीय राजनीतिक दलहरुका नेताहरुलाई समेत कमिसन दिएर जुवाजन्य खेलसहितको मेला संचालन हुदै आएको थियो । याे पनि पढ्नुहाेस्:  धरानमा सुरु भयो मेलाको झमेला

अङग्रेजी नयाँ बर्षमा ...

जिरोपोइन्ट /  सिल्भर इन्टरटेन्टमेनले यहि पौष १० गत ...

सुस्त मनस्थितिकी युव ...

पाँचथर/ सुस्त मनस्थिति भएकी एक युवतीलाई जबरजस्ती करणी ग ...

करणी गरेको आरोपमा यु ...

तेह्रथुम /  आठराई गाउँपालिका ४ ईवाबाट प्रहरीले जवर ...

‘सा रे गा मा पा..... ...

धरान / नेपाल आइडलबाट बहिरिए पछि भारतीय टेलिभिजन जी टिभी ...


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2018 - Blastkhabar.com All rights reserved