[caption id="attachment_97121" align="alignnone" width="569"] कविता वाचन । प्रतीकात्मक तस्बिर– स्राेत गुगल[/caption]

बेलबारी । मोरङको केराबारीमा रहेको राष्ट्रिय पुस्ताकालयको आयोजनामा भएको शुभकामना आदान प्रदान तथा रचना वाचन कार्यक्रम बुधबार सम्पन्न भएको छ । कार्यक्रममा करिब डेढदर्जन स्थानीय श्रष्टाहरुले रचना वाचन गरेका थिए ।

कार्यक्रममा विद्यार्थीदेखि स्थानीय जनप्रतिनिधिसम्मले रचना वाचन गरे । पछिल्लो समय केराबारीका श्रष्टाहरूमा साहित्यिक कार्यक्रमका लागि अभिरुची जाग्दै आएको छ ।

केराबारीमा पातलो रूपमा साहित्यिक कार्यक्रम हुँदै आएका छन् । तर केही समयदेखि केराबारीका साहित्यकार पनि जुर्मुराउन थालेका छन् । भर्खरै झोराहाट नाट्य समूहले केराबारीका अग्रज श्रष्टा बलबहादुर भुजेललाई सम्मान गर्दै रचना वाचन गर्ने कार्यक्रम पनि गरेको थियो ।

त्यसपछि केराबारीमा लगत्तै साहित्यिक कार्यक्रमको आयोजना भएको हो । रचना वाचनका शुरुवातमै केराबारी गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष मनोज खड्काले साहित्य अनुरागी भएको बताउँदै दशैं कविता वाचन गरेका थिए ।

त्यसैगरी कार्यक्रममा वडा सदस्य नारायण भुजेल, समाजसेवी गोकुल थापा, व्यवसायी विष्णु चेम्जोङ, केयुका प्रिन्सिपल समीर सुवेदी, प्रगतिशील लेखक संघका जिल्ला सदस्य यज्ञराज सुशेली, केराबारीका पुराना श्रष्टा बलबहादुर भुजेल, गजलकार युवराज ठकुरी, नवीन थापा क्षेत्री, गायक हेम सुवेदीले गीत, सञ्चारकर्मी भक्तशेर लिम्बूलगायतले आफ्ना रचना वाचन गरेका थिए ।

त्यसैगरी सार्वजानिक माध्यमिक विद्यालयका विद्यार्थीहरुले पनि रचना वाचन गरेका थिए । कार्यक्रमको उद्घाटन गाउँपालिकाका उपप्रमुख शान्ति लिम्बू भुजेलले गरेका थिए । कार्यक्रम पुस्ताकालयका अध्यक्ष महाप्रसाद लुइँटेलको सभापतित्वमा सम्पन्न भएको थियो ।