[caption id="attachment_97057" align="alignnone" width="696"] फायलफाेटाे[/caption]

भारतको महाराष्ट्रस्थित यवतमाला जिल्लाको पाँढरकावडा इलाकामा पछिल्लो समय एक पोथी बाघले आतंक मच्चाइरहेको थियो ।

उक्त बाघलाई नियन्त्रणमा लिने सबै प्रयास असफल भएपछि प्रशासनले बाघ मार्नका लागि दुईवटा कुकुर परिचालन गरेको छ ।

चोर पक्रिन कुकुरको सहयोग लिएको त थाहा थियो । तर बाघ मार्नका लागि कुकुर परिचालन गरिएको सायद अहिलेसम्म सुन्नुभएको थिएन होला ।

कुकुरको बाघको सिकार गरेको त देखे सुनिएकै थियो ।

तर भारतमा बाघको सिकार गर्ने कुकुर जंगलमा छाडिएको छ ।