रोल्पा । राेल्पाकी एक १४ वर्षिय बालिका अामाकाे मृत्यु पश्चात अाफ्नै बुवाबाट पटक पटक बलात्कृत भएकी छन् ।

गत भदाै २७ गतेदेखि उनलार्इ बाबुले लगातार बलात्कार गरेकाे बालिकाले बताएकी छन् । अाफ्नै बुवाले पटक पटक बलात्कार गरेपछि ती बालिका राेल्पाबाट भागेर दाङमा रहेका अाफन्तकाेमा पुगेकी छन् । उनले दाङमा रहेका अाफन्तलार्इ अाफ्नाे पीडा सुनाएपछि घटना सार्वजनिक भएकाे हाे ।

बालिकाले महिला अधिकारकर्मीकाे सहयाेगमा जिल्ला प्रहरी कार्यालय राेल्पामा उजुरी दिएपछि अाराेपीलार्इ प्रहरीले नियन्त्रणमा लिएकाे छ ।  ४३ वर्षिय अाराेपीलार्इ प्रहरीले नियन्त्रणमा लिइ अावश्यक अनुन्धान गरीरहेकाे राेल्पाका प्रहरी प्रबक्ता सुदर्शन पन्थीले बताएका छन्  ।