काठमाडौं / वामदेव गौतमलाई सांसद बनाउन काठमाण्डौ क्षेत्र नं. ७ का सांसद रामवीर मानन्धरले राजीनामा दिने भएका छन् । उनले पत्रकार सम्मेलन नै गरि पार्टीको लागि सांसद पद छाड्न तयार रहेको बताएका छन् । उनले राजीनाम दिए । उक्त क्षेत्रबाट बामदेव गौतम चुनाव लड्ने छन् ।  बर्दियाबाट चुनाव हारेका बामदेवलाई काठमाण्डौमा चुनाव जित्न सजिलो नभएको सामाजिक सञ्जालहरुमा आईरहेको छ ।

श्रोतका अनुसार नेता गौतमको प्रतिष्पर्धीका रुपमा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा आउने भएका छन् । नेकपामा नेताहरुले भने कांग्रेस प्रवक्ता शर्मालाई उप निर्वाचनमा भाग नलिन आग्रह गर्दै आएका छन् । प्रवक्ता शर्मालाई कांग्रेसले निर्वाचनमा उठाउने तयारी थालेपछि नेकपामा सनसनी फैलिएको छ । तर, नेता गौतमले शर्मालाई फोन गरेरै आफूलाई सहयोग गरिदिन अपिल गर्ने तयारी थालेको उनी निकट स्रोतले जनाएको छ । बामदेव माओवादीसँग एकता गर्न महत्वपूण भूमिका खेलेका व्यक्ति हुन् । यता विश्वप्रकाश झापामा राप्रपाका राजेन्द्र लिङ्देनसँग हारेका थिए । उनी पार्टीको प्रखर नेता हुन । विश्वप्रकाशले उम्मेद्वारी दिए गौतमलाई समस्या हुने पार्टीबाटै कुरा उठेको छ ।