भद्रपुर / भारतबाट अवैध रुपमा नेपाल ल्याउदै गर्दा प्रहरीले भद्रपुरको दोभान नाकाबाट २ लाख ७० हजार बरावरको खसी बोका नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी तथा जनपथ प्रहरीको गस्ती टोलीले आज विहान २६ वटा जमुनापारी जातका खशी बोका र २ वटा बाख्रा नियन्त्रणमा लिएको हो । भारतबाट आज बुधबार लाग्ने झापाको भद्रपुरस्थित हटियामा बेच्न ल्याइएको वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर प्रकाश जवेगुले जानकारी दिए । ४ जनाले उक्त खसी बोका डो¥याउदै ल्याएको बताइए पनि उनीहरु फरार रहेको प्रहरीले जनाएको छ । बरामद गरिएका खसी बोका मेची भन्सार कार्यालयमा बुधबार नै बुझाइएको प्रहरीले जनाएकाे छ ।