विराटनगर/ व्यवस्थापन सङ्कायमात्र पढाइ हुने विराटनगरको रङ्गेली रोडस्थित मेरिल्याण्ड कलेजले ‘नेपाल टप’ भएको दावी गरेको छ ।

हालै प्रकाशित भएको कक्षा ११ को परीक्षाको नतिजा अनुसार ९८ दशमलव १ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएर सर्वोत्कृष्ट भएको कलेजले दावी गरेको हो ।

कलेजका निशा पोखरेल र पुजाकुमारी साहले नेपाल भरिकै उच्चाङ्क ३.९२ जीपीए ल्याएको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले जानकारी दिए ।

यस वर्ष कक्षा–११ मा कुल ७ सय २४ विद्यार्थीमा ‘ए प्लस’ ल्याउने १५ जना, ३ जीपीएभन्दा माथि ल्याउने ३५० भन्दा बढी विद्यार्थी रहेको ढकालले बताए ।