मधुमल्ला/ मोरङको मिक्लाजुङ गाउँपालिकाका तीन वटा विद्यालयलाई पङ्खा र खाने पानी छान्ने फिल्टर वितरण गरिएको छ ।

वडा नं. ९ मा अवस्थित बहुमुखी आधारभुुत विद्यालयलाई १० थान ,मिक्लाजुङ ६ को बक्राहा मा.वि. लाई ८ थान पङ्खा र राम स्मृती आधारभुत विद्यालयलाई एक थान पानी छान्ने फिल्टर वितरण गरीएको मिक्लाजुङ युवा मञ्चका अभियान्ता प्रवेश कुवंरले बताए ।

गर्मीयामको समयमा पङ्खाको अभाबमा दुःखपूर्ण तवरले अध्ययन गर्दै आएका विद्यार्थीहरुलाई शितलता दिलाउने उदेश्यले पङ्खा वितरण गरिएको मञ्चले बताएको छ ।

मिक्लाजुङ युवा मञ्चको संयोजनमा विभिन्न दाताहरुलाई सहयोगको आह्वान गरी पङ्खा संकलन गरिएको मिक्लाजुङ युवा मञ्चले जनाएको छ ।

आज (मंगलबार) एक कार्यक्रमको ओजना गरी विद्यालय/विद्यालयमा गएर हस्तान्तर र फिल्टर वितरण गरिएको मिक्लाजुङ युवा मञ्चका संयोजक बिनोद दर्नालले बताए ।

आर्थिक अभावका कारण गर्मी समयमा विद्यार्थीहरुलाई सहज रुपमा पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्धेश्यले मिक्लाजुङ युवा मञ्चले दाताहरुको खोज गरी मिक्लाजुङ क्षेत्रका सामुदायिक विद्यालयहरुलाई सहयोग गर्दै आएको छ ।

मंगलबार वितरण गरिएको सामाग्रीहरु बहुमुखी आधारभुतलाई सरोज कुवंरले जापान बाट १० पङ्खा वितरण गरेको थिए ।

अन्य सामग्रीहरु भने युवा मञ्चले दाता पहिचान गरी संकलन गरी वितरण गरीएको मिक्लाजुङ युवा मञ्चका अभियान्ता गोेपाल नेपालीले बताए ।

मिक्लाजुङ क्षेत्रका विविध प्रकारका समस्याहरुमा सहयोग पुर्याउने उद्धेश्यले मिक्लाजुङ युवा मञ्च गठन गरिएको र निरन्तर रुपमा अन्य विद्यालयहरुलाई समेत सहयोग गर्ने योजान रहेको युवा मञ्चका सदस्य जंग खत्रीले बताए ।

विद्यालयलाई पङ्खा हस्तान्तरणले राहत मिलेकोले सहयोगी मनहरुलाई विद्यालयको तर्फबाट वि.व्य.स. अध्यक्ष नैन मगर र प्र.अ. प्रेम निरौलाले धन्यबाद ज्ञापन गरे ।

कार्यक्रम मिक्लाजुङ गा.पा. का शिक्षा अधिकृत कांशिनाथ खनाल बिशिष्ठ अतिथ्य र मिक्लाजुङ गाउँपालिका वडा नं. ९ का वडाध्यक्ष सोमनाथ अधिकारी को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।