इटहरी/ नेपाली काग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ जनता बहुमुखी क्यापम्पस इटहरीमा विवाद सुरु भएको छ ।

शेरबहादुर देउवा पक्ष र रामचन्द्र पौडेल पक्षका विद्यार्थीहरुले समानान्तर समिति गठन गरेका छन् ।

लामो समयदेखि किचलो हुदै आएको जनता क्याम्पसमा विद्यार्थीहरु पुःन विभाजित भएका छन् । देउवा पक्षले एक महिना अगाडि १८ औ अधिबेशन एकपक्ष रुपमा गरेर सहदेव काफ्लेलाई नयाँ सभापतिमा चयन गरेको छ ।

काफ्ले सहित ५१ सदस्य ईकाइ समिति बनाएको भन्दै पौडेल पक्षले पुन असिम बस्नेतको सभापतित्वमा ५१ सदस्य कार्यसमिति बनाएपछि विवाद उत्पन्न भएको छ । एक पक्षिय रुपमा बनाएको सभापति मान्य नहुने भन्दै कार्यसमिति बनाएको नेविसंघ सुनसरीका सचिव नवीन कटुवालले बताए ।

नेपाल विद्यार्थी संघको नेताबाटै विद्यार्थी नेताहरु असुरक्षित हुन थालेको विद्यार्थी नेताहरुले गुनासो गर्ने थालेका छन । आफ्नाे संगठनमा एकपछि अर्को नेतालाई हातपात हुन थालेको भन्दै विद्यार्थी नेताहरुले असुरक्षित भएको गुनासो गरेका हुन् ।

केही समय अगाडी तिज विशेष कार्यक्रममा फेसबुकको कमेन्टमा जी भनेकै आधारमा नेवि संघ सुनसरी उपसभापति बुद्धहाङ लिम्बूले आफ्नै संगठनका सुनसरी सह–सचिव राजेन्द्र खड्कालाई कुटपीट गरेको घट्ना मिल्न नपाउँदै नेपाल विद्यार्थी संघ सुनसरीका सचिव कटुवाल आफ्नै नेताबाट कुटिएको भन्दै प्रहरी कार्यालयमा उजुरी गरेका छन् ।

केहि दिन अघि नेपाल विद्यार्थी संघको तान्त्रिक पक्षले एकपक्ष भेला गरेर इकाई समिति बनाएको भन्दै असन्तुष्ट पक्षले सोमबार विहान राखेको भेलामा नेपाल विद्यार्थी संघ सुनसरीका उपसभापति सुवेक्छु देवान पक्षको केटाहरुले आफुलाई कुटपिट गरेको नेसवसंघ सुनसरीका सचिव नविन कटुवालले बताए ।

उनले भने सुवेक्छुले त ठुलो हुदैछन् भन्दै धम्क्याउँदै उस्ता सात जना जति हुलले आफुलाई कुटेको बताए ।