वस्तुत समाज रूपान्तरणको ऐतिहासिक प्रक्रियालाई नै कम्युनिष्ट आन्दोलन भनिन्छ । कम्युनिष्टहरूले वस्तु वा सत्ताको विकास, विनाश र रूपान्तरण ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी प्रस्थापना अनुरूप हुने मान्यता राख्दछन् । यो रणनैतिक उद्देश्यमा आधारित सङ्गठित र योजनाबद्ध आन्दोलन हो । अर्थात् यो कार्यनीति र रणनीतिको लामो शृङ्खलाहरू अन्तर्गतको निरन्तर ऐतिहासिक प्रक्रिया हो । माक्र्सवादले ऐतिहासिक प्रक्रिया अवरुद्ध हुन्छ भन्ने क’रामा विश्वास गर्दैन । बरु यसले यो प्रक्रिया कहिले आक्रामक, कहिले रक्षात्मक, कहिले दृश्य, कहिले अदृश्य अनि कहिले व्यक्त, कहिले अव्यक्त रूपमा अभिव्यक्त हुनेमा विश्वास गर्दछ । यद्यपि रक्षात्मक, अदृश्य र अव्यक्त पक्ष प्रक्रियाको निरन्तरता हो भने आक्रामक, दृश्य र व्यक्तपक्ष प्रक्रियाको क्रमभङ्गता हो । निरन्तर सङ्घर्षको ऐतिहासिक प्रक्रिया अन्तर्गतको आक्रामक र रक्षात्मक कार्यनीतिहरूसहितको सचेत र सङ्गठित पहलकदमी नै कम्य’निष्ट आन्दोलन हो । वास्तवमा वस्तु वा सामाजिक सत्ताको रूपान्तरण द्वन्द्वात्मक प्रक्रियाबाट हुन्छ भन्ने मान्यता नै कम्युनिष्ट अवधारणा हो । यसकारण कम्युनिष्टहरूले हरेक वस्त’, सत्ता, घटना र घटना प्रक्रियाहरूलाई एउटा आन्दोलनको रूपमा ग्रहण गर्दछ । अर्थात् कम्युनिष्टहरूद्वारा सञ्चालित, परिचालित र निर्देशित सबै दार्शनिक, राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृति कार्यक्रमहरू ऐतिहासिक प्रक्रिया अन्तर्गतकै निरन्तर आन्दोलनको हैसियतमा ह’ने गर्दछ । यो साश्वत् नियम हो । अझ जोड र ठोस गरेर भन्नु पर्दा कम्युनिष्ट प्रस्थापना वा मुल्यमा आधारित सम्पुर्ण घटना वा घटना प्रक्रिया, क्रियाकलाप र दैनिक कामहरू ऐतिहासिक प्रक्रिया अन्तर्गत नै हुनुपर्दछ । कम्युनिष्ट पार्टी वा सरकारले अपनाउने दर्शन, विचार, आचरण, राजनीति, अर्थतन्त्र, संस्कृति, जीवनशैली र कार्यशैलीहरूलाई आन्दोलनकै रूपमा ग्रहण गनर्’ पर्दछ । सङ्गठन विस्तार, प्रशिक्षण, अभियान, योजना र कार्यक्रमहरू सबै आन्दोलनकै प्रक्रिया हो । नेपाली समाजको अर्थराजनीतिक सम्बन्ध विभेदपुर्ण रहेको छ । यस्तो वर्ग धरातलमा मुल राजनीतिक प्रवृत्ति कम्युनिष्ट हुने गर्दछ । यसकारण बहुसंख्यक जनता कम्युनिष्टप्रति आकर्षित छन् । परिणामतः हाल नेपालमा कम्युनिष्ट सरकार छ । नेपाली जनताले औपचारिक, यथास्थिति र औषत सरकारको अनुभव गरिसकेका छन् । औषत सरकार जनताको चाहना र मर्म होइन । यस्तो वस्तुगत धरातलमा कम्य’निष्ट पार्टीको बहुमत सरकारले सम्भावना र चुनौती दुवै बोकेको छ । वस्तुतः यो सरकारले आफ्ना हरेक क्रियाकलापहरूलाई कम्युनिष्ट आन्दोलनको रूपमा अघि बढाउन सफल भयो भने भविष्य उज्वल देखिन्छ । तर औषत र औपचारिक कर्मकाण्डमा मात्र फस्यो भने भविष्य अन्धकार देखिन्छ । यसकारण यो सरकार सामु कम्युनिष्ट आन्दोलनलाई अघि बढाउनु पर्ने निम्न बमोजिमका ऐतिहासिक कार्यभारहरू देखिन्छ । (क) सैद्धान्तिक कार्यभारः वस्त’तः माक्र्सवादी मार्गदर्शक सिद्धान्तबाट निर्देशित आन्दोलन नै कम्युनिष्ट आन्दोलन हो । यो निरन्तर सङ्घर्षको ऐतिहासिक प्रक्रियामा आधारित हुन्छ । समाजवाद हुँदै साम्यवादसम्म पुग्ने आन्दोलनको आक्रामक र रक्षात्मक ऐतिहासिक प्रक्रिया नै कम्युनिष्ट आन्दोलन हो । यसको लागि आम जनतामा समाजवादी चेत, चिन्तन, मनोविज्ञान, आचार, जीवनशैली र कार्यशैली विकास गराउन’ पर्दछ । यो आम मनोविज्ञान र आचार रूपान्तरणको प्रक्रिया हो । निरन्तर सङ्घर्षबाट सिद्धान्तको सृजनात्मक विकाससँगै समाजको प्रगतिशील रूपान्तरण नै कम्युनिष्ट आन्दोलन हो । यसले गलत चिन्तन, संस्कार र सँस्कृतिलाई अभियानकै रूपमा निरुत्साहित गर्दछ । यो वर्गसङ्घर्ष वा बल प्रयोगको सिद्धान्तमा आधारित हुन्छ । यो वर्ग रहेसम्म विभेद रहने अनि विभेद रहेसम्म जारी रहने सङ्क्रमणकालीन आन्दोलन हो । यसकारण वस्तुतः यो वर्ग र विभेद उन्मुलनको समग्र ऐतिहासिक प्रक्रियामा आधारित महाआन्दोलन हो । यसकारण सरकारले न्युनतम् रूपमा माक्र्सवादी शिक्षाबाट हरेक नागरिकलाई दीक्षित गर्ने कार्यक्रमहरू ल्याउन’ पर्दछ । ति मात्र होइन, माक्र्सवाद र समाजवाद के हो ? यसमा सैद्धान्तिक, राजनैतिक, आर्थिक, साँस्कृतिक र सामाजिक पक्षहरू कसरी परिभाषित गरिन्छ ? यिनीहरूको वर्गचरित्र कस्तो हुन्छ ? कम्य’निष्ट सरकारले हरेक दिनदैन्यको काम कारबाहीहरूलाई पनि निरन्तर आन्दोलनको प्रक्रियासँग जोडेर व्याख्या, विश्लेषण, परिचालन र निर्देशन गनर्’ पर्दछ । ब्रम्हाण्डमा रहेका वस्त’, घटना, घटना प्रक्रिया, प्रकृति र सामाजिक सत्ताको विकास निरन्तर आन्दोलनको प्रक्रियाबाट मात्र सम्भव हुन्छ । वैचारिक स्पष्टतासहितको निरन्तर प्रक्रिया विना समाजवाद सम्भव हुँदैन । समाजवाद आफैमा एउटा ऐतिहासिक प्रक्रियागत आन्दोलन हो । त्यसैले सरकारका कार्यनीतिहरू यो रणनीतिलाई सहयोगी हुने किसिमको तय गर्नु पर्दछ। (ख) राजनैतिक कार्यभारः समाजवाद र पुँजीवाद बीचको सैद्धान्तिक, राजनैतिक, आर्थिक, साँस्कृतिक र सामाजिक अन्तरलाई योजनाबद्ध स्कुलिङमार्फत् अघि बढाउनु पर्दछ । सबै राजनैतिक कार्यहरूलाई आन्दोलनको ऐतिहासिक प्रक्रियाको रूपमा ग्रहण गर्नु पर्दछ । राजकीय अङ्गहरू उत्पीडितमैत्री अनि समानता र न्यायको मुल्यमा स्थापित गराउनु पर्दछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समाजवादी आन्दोलन सम्बन्धी अवधारणालाई अघि बढाउनु पर्दछ । सबैखाले हेला, होचो, विभेद, शोषण र उत्पीडन विरुद्ध अभियान सञ्चालन गर्नु पर्दछ । यसमा उत्पीडित जनताको अधिनायकत्व र जनवाद बीच वैज्ञानिक र वस्तुवादी संयोजन गरिन्छ । सबैभन्दा उत्पीडित र आधारभुत जनतालाई प्राथमिकतामा राख्ने नीति लिनु पर्दछ । पुँजीवादमा जस्तो शक्ति, पैसा र सत्ताको बलमा हाबी हुने परिपाटी अन्त्य गर्न पर्दछ । त्यतिमात्र होइन, आजैबाट सरकारले समानता र न्यायको सिद्धान्तलाई आममा लागु गर्नु पर्दछ । आधारभुत मौलिक अधिकारहरू जस्तैः गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारीमा राज्यको दायित्व बढाउनु पर्दछ । यता पुँजीवादमा जस्तो भनसुन, चाप्लुसी, पैरवी र कोेशेली बोकेर नेताकोमा धाउने परिपाटीको अन्त्य गर्नु पर्दछ । समाजका उत्पीडित वर्ग, जाती, क्षेत्र र लिङ्गमध्ये पनि सबैभन्दा उत्पीडितलाई प्राथमिकतामा राख्नु पर्दछ । योजनाबद्ध रूपमै शोषक, सुदखोर, तस्कर, भ्रष्टाचारी, कमिशनखोर र श्रमचोरलाई पुर्णरूपमा निरुत्साहित गर्नु’ पर्दछ । यो साङ्गोपाङ्गो मानव मुक्तिको ऐतिहासिक अभियान हो । समग्र सरकारी नीति साम्यवादी आदर्शतर्फ परिलक्षित हुनुपर्दछ । अर्थात् सरकारले सिङ्गो नेपाली समाजको उन्मुक्तिलाई केन्द्रमा राखेर अघि बढ्नु पर्दछ । (ग) आर्थिक कार्यभारः नाफा, एकाधिकार र निजीत्वमा आधारित दलाल पुँजीलाई क्रमिक रूपमा निरुत्साहित गर्नु यो सरकारको प्राथमिक कार्यभार हो । दलाल पुँजीलाई विस्तारै समाजवादी अर्थ–राजनीतिक सम्बन्धद्वारा विस्थापित गर्दै जानु पर्दछ । समग्र अर्थराजनीतिक सम्बन्धमा राजकीय उपस्थिति बढाउनु पर्दछ । आर्थिक क्रियाकलापहरूलाई पनि कम्युनिष्ट आन्दोलनको प्रक्रियाको रूपमा लिनु पर्दछ । श्रमिकलाई क्षमता अनुसारको काम र काम अनुसारको दामको ग्यारेण्टी गर्नु पर्दछ । ठेकेदारी, बिचौलिया र कमिशनतन्त्रलाई पुर्णरूपमा अन्त्य गर्नु पर्दछ । यता निजी स्वामित्वलाई क्रमशः निरुत्साहित गर्दै उत्पादनको साधनहरूमा सामाजिक तथा सामुहिक स्वामित्वको पद्दति अपनाउनु पर्दछ । आम जनतालाई निजी स्वार्थको मनोविज्ञानबाट सामुहिक स्वामित्वमा क्रमिक रूपमा रूपान्तरण गर्दै लानु पर्दछ । मालिक र मजदुर दुवैले उचित हिस्सा पाउने पद्दति विकास गर्नु पर्दछ । वस्तुतः दलाल पुँजीलाई विस्तारै कम गर्नु पर्दछ । राष्ट्रिय औद्योगिक पुँजी विकासको लागि राष्ट्रिय पुँजीपति वर्गलाई लगानीमा प्रोत्साहन दिनु पर्दछ । आन्दोलनकै रूपमा सरकारले केही उद्योग कलकारखानाहरूमा लगानी बढाउनु पर्दछ । दलाल एकाधिकार तथा निगम पुँजीलाई निरुत्साहित गर्नु पर्दछ । वित्तीय निगम पुँजीलाई निरुत्साहित गर्दै उत्पादनमुखी राष्ट्रिय औद्योगिक पुँजीको विकास गर्नु पर्दछ । ठूला दलाल एकाधिकार र निगम पुँजीको राष्ट्रियकरण वा सरकारीकरण गर्नु पर्दछ । अर्थतन्त्रमा राष्ट्रिय पुँजीपति र सरकारी उपस्थिति बढाउनु पर्दछ । समाजवादी आन्दोलनको ऐतिहासिक प्रक्रियासँगै विकसित चेत र मनोविज्ञानसँगै निजीत्वलाई सामुहिक स्मामित्वमा रूपान्तरण गर्नु पर्दछ । राजकीय सामुहिक स्वामित्वको दिशातर्फ समग्र आर्थिक क्रियाकलापहरूलाई दिशानिर्देश गर्नु पर्दछ । (घ) सांस्कृतिक कार्यभारः वस्तुतः कम्युनिष्ट मुल्यमा आधारित जनसँस्कृति निर्माण गर्न सरकारको प्रगतिशील साँस्कृतिक कार्यभार हो । छाडा, आडम्बरी र ढोङ्गी सँस्कृति बुर्जुवा उपभोक्तावादी सँस्कृति हो । आज हाम्रो समाजलाई यही सँस्कृतिले नराम्ररी गाँजेको छ । तर यो कम्य’निष्ट आन्दोलनमा पटक्कै सहयोगी हुँदैन् । किनकी विचार, राजनीति र अर्थसम्बन्धको सामाजिक अभिव्यक्ति नै सँस्कृति हो । वास्तवमा समाजवादी सँस्कृति भनेको कुनै शासक वा उसको भारदारहरूको हितमा नभएर बह’संख्यक उत्पीडित वर्गको हितबाट निर्देशित हुन्छ । मुलतः समाजवादी सँस्कृति वैज्ञानिक, वस्त’वादी र न्यायपुर्ण हुन्छ । यो वैज्ञानिक तथ्य र यथार्थताको जगमा हुर्किने गर्दछ । कम्युनिष्ट आन्दोलनमा श्रम, उत्पादन, र सृजनालाई जनसँस्कृति निर्माणको आधार मानिन्छ । कम्युनिष्टहरूले हरेक व्यक्तिलाई उन्नत समाजवादी साँस्कृतिक आदर्श र सभ्यता निर्माणतर्फ दिशानिर्देश गर्नुपर्दछ । मुलतः वैज्ञानिक सँस्कृति समाजवादी आन्दोलनको निरन्तर ऐतिहासिक प्रक्रियामा सहयोगी हुनुपर्दछ । यो समानता र न्यायको सिद्धान्तमा आधारित हुन्छ । बुर्जुवा सँस्कृति जस्तो विभिन्न वर्ग, जाती, लिङ्ग र क्षेत्रमा झनै विभाजन होइन, बृहत् समन्वय, एकता र हितमा केन्द्रित हुन्छ । यसमा सबैखाले हेलाहोचोहरूको अन्त्य गरिन्छ । तसर्थ, यो सरकारले राजा महाराजा र शासकहरूकोे गुणगान र व्यक्तिपुजामा आधारित सँस्कृतिलाई निस्तेज गर्दै प्रगतिशील सँस्कृतिलाई स्थापित गर्नु पर्दछ । सँस्कृतिलाई पनि आन्दोलनकै रूपमा लिनु पर्दछ । (ङ) सामाजिक कार्यभारः सामाजिक कार्यभारलाई पनि आन्दोलनकै रूपमा ग्रहण गर्नु पर्दछ । समाजवादको यात्रामा हिँडेको सरकारले सामाजिक कार्यभारलाई उच्च महत्व दिनै पर्दछ । सबैखाले सामाजिक विकृति, विसङ्गति र क’रीतिहरूलाई तत्काल निस्तेज गर्नु पर्दछ । यसमा कुनै पनि खालको सामाजिक शोषण, विभेद र अन्याय हुँदैन । अर्थात् सबैखाले सामाजिक सुरक्षाको ग्यारेण्टी गरिन्छ । जनतालाई न्यायपुर्ण ढङ्गले सामाजिक सेवा उपलब्ध गराउनै पर्दछ । सबैलाई समान अवसर हुन्छ । त्यसैगरी शिक्षा, स्वास्थ्य र स”चनामा पनि समान र न्यायपुर्ण विधि र पद्दति लागु गर्नु पर्दछ । त्यस्तै खेलकुद, प्रशासनिक, मनोरञ्जन, विकास–निर्माण र सुरक्षाको क्षेत्रमा पनि सबै वर्ग, जाती, क्षेत्र र लिङ्गको समान सहभागिता र अवसरको राजकीय ग्यारेण्टी गर्नु पर्दछ । आम राजकीय थिति, पद्यति, प्रक्रिया र विधिबाटै यसको हल गर्नु पर्दछ । सामाजिक सुरक्षाको कार्यक्रमहरू तत्काल लागु गर्नु पर्दछ । तसर्थ, कम्युनिष्ट सरकारले आफ्नो हरेक क्रियाकलापहरूलाई कम्युनिष्ट आन्दोलनको ऐतिहासिक प्रक्रियाको रूपमा ग्रहण गर्नु पर्दछ । हरेक कार्यनीतिक कदमहरू समाजवादी रणनीतितर्फ परिलक्षित हुन’पर्दछ । सैद्धान्तिक, वैचारिक, राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक सवालहरूलाई निरन्तर आन्दोलनको रूपमा विकास गर्नु पर्दछ । अर्थात् औपचारिक, औषत र दिनदैन्यको कार्यनीतिहरू निरन्तर आन्दोलनको ऐतिहासिक प्रक्रियासम्मत हुनु पर्दछ । ऐतिहासिक प्रक्रियाको सिलसिलामा गरिने सानातिना कामहरूलाई रणनैतिक उद्देश्य अन्तर्गतको रक्षात्मक, अदृश्य र अव्यक्त कार्यनीति भनेर प्रशिक्षित र परिभाषित गुर्न पर्दछ । अर्थात् सबै घटना, घटना प्रक्रिया र कामहरूलाई पनि कम्युनिष्ट आन्दोलनको लामो ऐतिहासिक प्रक्रिया भनेर बुझ्नु पर्दछ । यसरी मात्र माजवादमा सङ्क्रमण सम्भव हुन्छ ।