पथरी । चलचित्र ‘पुरानो बुलेट’ नेपाली चलचित्रको टिजर हाइलाइटनेपाल मार्फत् सार्वजानिक गरिएको छ । टिजरमा चलचित्रको टाइटललाई मात्र फोकस गरी पुरानै बुलेटलाई देखाईएको छ तर कलाकारहरुलाई भने देखाईएको छैन । पथरीशनिश्चरेको अशोक साम्पाङ राई, टिकाराम राई, विरेन सांवा र दिपेन लिम्वुको निर्माणमा बनेको सो चलचित्रमा भीषण राईको निर्देशन रहेको छ । चलचित्रमा अनुप विक्रम शाही, वर्षा शिवाकोटी, माला लिम्वु, कविता आले, कृष्णभक्त महर्जन, शिव मुखीया, शिरोमणी दवाडी, बारात लिम्वु, बादल श्रेष्ठ, करण धिताल तथा लक्षणा राईको मुख्य भूमिका रहेको छ । निर्माता अशोक साम्पाङ राईका अनुसार चलचित्रको कथामा देशको बर्तमान परिस्थिती, वेरोजगार र युवा पिढिको देशभक्त प्रेम आदीको कथालाई देखाइएको छ । निर्देशक भीषण राईका अनुसार चलचित्रको कथा वस्तु नेपाली जनजीवनलाई नजिकबाट खोतलिएको बताए । प्रेम कथामा उनिएको यो चलचित्र पारिवारीक रमाईला हाँस्यव्यंग्य भरिएको निमार्ताहरूको दाबी छ । प्रायः बुलेट चढ्ने युवा देख्दा जोकोहीले उनीहरुलाई जिम्मेवारी विहिन ठान्छन् तर उनीहरु पनि परिवार र देशप्रेमी हुनसक्ने कुरालाई पस्कन खोजेको कार्यकारी निर्माता सन्तोष राईले बताए । चलचित्रको प्रर्दशन मिति भने दशैंपछि एउटा गीत सार्वजानिक गर्दै तोकिने बताइएको छ ।