संघिय संरचना अनुसार एक नम्बर प्रदेशमा रहेको ऐतिहासिक बिराटनगर महानगर देशकै दोस्रो ठूलो औधोगिक, व्यपारिक तथा प्रशासनिक केन्द्र हो । आर्थिक , औधोगिक ,व्यपारिक तथा स्वास्थ्य शिक्षा र प्रशासनिक सेवाका लागि बिराटनगर पहिलेदेखी निर्बिबाद एक नम्बर प्रदेशको केन्द्र बन्दै आएको छ । मोरङमा मात्र नभएर एक नम्बर प्रदेश भरिका नागरिकहरुलाई अत्यावश्यक सेवा पुरयाउने बिराटनगर प्रदेश भरिकै पुर्वाधार सम्पन्न अग्रणी नगर हो । हाल एक नम्बर प्रदेशको अस्थायी राजधानी कायम भैसकेको बिराटनगर महानगर तीब्र रुपले स्तरोन्नती पनि भैरहेको छ । हाल बिराटनगरमा एसियाली बिकास बैक र शहरी बिकास कोषको सहयोगमा बृहत्त दुई वटा भौतिक निर्माणका परियोजना संचालन भैरहेको छन । जसले बिराटनगर शहरको ढल निकास , सडक स्तोरन्नती , पार्क व्यवस्थापन , बसपार्क निर्माण देखी शौचालय व्यवस्थापन खानेपानीको पाईप लाईन बिस्तार र स्तरोन्नती , हरियाली निर्माण र शहरको सौन्दर्यिकरण गर्ने कामहरु धमाधम भैरहेको छ । सभागृहको सुधार , व्यवस्थित श्यमशानघाट ,व्यवस्थित फुटपाथ आधुनिक कृषी बजार निर्माण भैरहेका छन । चौक सुधार र सौन्र्दयिकरण गर्ने कार्य पनि भैरहेका छन । झिलिमिली सोलार बत्ती जडान कार्य बिस्तार भैरहेको छ । यहाँ व्यवस्थित दुई खेलमैदान छन । । फोहोर मैलाको उचित व्यवस्थापनकालागि पनि पहल जारी छ । बिटनगरको शहरी बसोवार अन्यत्रको भन्दा धेरै व्यवस्थित छ । निर्माणाधिन परियोजना सम्पन्न भएपछि उद्योग र व्यपार र प्रशासनिक क्षेत्रमा मात्र चर्चित बिराटनगर सुन्दर शहरका रुपमा पनि चर्चित हुनेछ । जुन पुर्वाधार राजधानी हुने शहरकालागि अति आवश्यक हुन्छ । उधोग व्यपार र सेवा केन्द्रको मुख्य नगर भएकोले नै बिराटनगरमा तीनतारे स्तरसम्मका होटलहरु संचालन भैरहेका छन । प्रचुर संभावना भएकैले यहाँ धमाधम करोडौ लगानीमा आधुनिक होटलहरु पनि निर्माणाधिन छन । यसबाहेक यो नगरमा धमाधम आधुनिक व्यपारिक मल र अर्पाटमेन्ट (आवास गृह) हरु पनि निर्माण हुन थालेका छन । बिराटनगरमा ठूला ठूला अथिथि गृह र धर्मशालाहरु पनि स्थापना भैसकेका छन । जैन भवन , मारवाडी सेवा सदन , अतिथि सदन , काली धर्मशाला , जानकारी धर्मशाला देखी सयौ लज , होटल र रेष्टुरेन्टहरु संचालनमा छन । अर्कोतिर हालसम्म भौतिक पूर्वाधार , ऐतिहासिकता , शिक्षा , स्वास्थ्य , नागरिक सम्यता र आर्थिक , राजनैतिक इतिहास आदि सबै कारणले बिराटनगर स्थायी राजधानी बन्न सक्षम छ । अस्थायी राजधानी घोषणा भएपछि यहाँ मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालय देखी मन्त्रालय र प्रदेश सभा भवन पनि व्यस्थापन भैसकेका छन । जसकालागि राज्यले करौडा रुपैया खर्चिपनि सकेको छ । बिराटनगरमा भौतिक पुर्बाधार सम्पन्न खेलमैदान , सरकारी कार्यालय , आधुनिक शहर निर्माण , प्रतिष्ठित औधोगिक घरानियाँहरुको बसोवास , देशकै पहिलो उद्योग स्थापना भएको औधोगिक शहर अनि पुरानो व्यपारको केन्द्र र देशकै अग्रणी व्यपार प्रतिष्ठान स्थापना भएको शहर भएको कारणले गर्दा बिराटनगर पुर्वको पहिलो प्रशासनिक केन्द्र पनि बिराटनगर रहदै आएको हो । शिक्षा र स्वास्थ्य सेवा र पर्यटन व्यवसायमा पनि पुर्वको अग्रणी तथा देशकै दोस्रो कहलिन पुगेपछि बिराटनगरको महत्व मुख्य प्रशासनिक केन्द्रका रुपमा मात्र नभएर पुर्बाधार सम्पन्न शहरका रुपमा परिणत भयो । यसबाहेक छ लेनको कोशी राजमार्गको स्तोरन्नती कार्य र पुर्वको एक मात्र क्षेत्रिय बिमानस्थल अव अन्तराष्ट्रिय बिमानस्थलका रुपमा पनि स्तरोन्नी भैहरेकोले बिराटनगर नयाँ नेपालकालागि निर्बिकल्प राजधानी शहर बनिसकेको छ । यसैले पनि हो बिराटनगर बिमानस्थललाई राष्ट्रिय बिमानस्थलका रुपमा स्तारोन्नती गर्ने काम पनि भैरहेको छ । बिराटनगर भारतको कलकत्ता र बंगलादेशको बन्दरगाहासँग नजिकको व्यपारिक सम्बन्ध राख्ने शहर पनि हो । बिराटनगर नाकालाई पूर्व क्षेत्रको मुख्य व्यपारिक नाका मानिन्छ । यसैले भारत र तेस्रो मुलुलकबाट मालबस्तु आयात गर्न मात्र नभएर नेपालमा उत्पादित बस्तुहरु दोसे र तेसे मुलुक निर्यात गर्ने पुर्वको मुख्य नाका पनि बिराटनगर नै हो । अझ मधेश आन्दोलनपछि देशको मुख्य नाका बिरगन्जले सास्ती भोगेपनि बिराटनगर भन्सार नाकाको लोकप्रियता झनै बढेर गएको छ । यो नाकामा नेपाल र भारत सरकारको संयुक्त्त लगानीमा धमाधम अन्तराष्ट्रिय स्तरको भन्सार चौकी पनि निर्माण भैरहेको छ । यसकालागि सोझै जाँचचौकीबाट बिराटनगरको कटहरी औधोगिक क्षेत्रसम्म मालबाहक रेलसेवा संचालन गराउनकालागि धमाधम निर्माण कार्य पनि भैरहेको छ । जसले बिराटनगर भबिश्यमा उधोग व्यपारको क्षेत्रमा झन अगाडी बढेर जाने संभावनालाई बढाएको छ । मधेश आन्दोलनका क्रममा भएको अघोषित नाकाबन्दिपछि उत्तर चीनसँग सोझै जोडिने जोगबनी किमाथांका नाकाको निर्माण सम्पन्न भएपछी बिराटनगर नेपाल , भारत र चीनसँगको व्यपारिक महत्व बोकेको मुख्य ट्रान्जिट प्वाईन्ट हुने पनि पक्का भएको छ । जसले बिराटनगर उपकेन्द्रको महत्व झन बढाएर लाने बिश्वास यहाका उद्योगी व्यापारिहरुको छ । देशमा नयाँ संबिधान पनि निर्माण भैसकेको र क्रमश लगानीमैत्री बतावरण पनि बढदै गएकोले बिराटनगरमा उधोग व्यपारको क्षेत्रमा स्बदेशी र बिदेशी लगानीकर्ताहरु आर्कषित हुनेछन । जसले उत्पादनमा मात्र नभएर देशको अर्थतन्त्रमा योगदान दिन पनि बिराटनगर अग्रणी हुने देखिन्छ । बिगतको तुलनामा बिराटनगर सुरक्षाको दृष्टिले पनि सबल बन्दै गएको छ । यहाँ क्षेत्रिय प्रहरी कार्यालय , शसस्त्र क्षेत्रिय प्रहरी गण र तालिम केन्द्र पनि रहेको छ । सिमा क्षेत्रमा शसस्त्र प्रहरीको वोर्डर आउट पोष्टहरु स्थापित छन । प्रहरी चौकीहरु संचालनमा छन । भन्सार सुरक्षा छ । अव बिराटनगर बोर्डरमा पर्छ असुरक्षा हुन्छ राजधानीकालागि भन्नु देशको सुरक्षा व्यवस्थाको अपमान गर्नु हो । सिमा क्षेत्रमा असुरक्षा हुन्छ भन्दै नेता र मन्त्रिहरु भागेर सुरक्षित स्थान खोज्दै हिँडने अनि जनताहरु चाँही असुरक्षित भएर सिमा रुँघेर बसिरहनुपर्ने बाध्यता किन ? ज्ञात होस सिमा क्षेत्रमा तराईका जिल्ला सदरमुकामहरु राखिएकै कारण खुल्ला सिमाना भएको हाम्रो देशको भूमी सुरक्षित भएको हो । र , राजधानी राखेमा अझै सुरक्षित हुनेछ । सिमाकै कारण सुरक्षाको भय देखाउनेहरुले बुझनुपर्छ , त्यसो भए राजदरवार हत्या काण्ड किन भएको ? दिउँसै काठमाण्डौ जस्तो कडा सुरक्षा व्यवस्था भएको शहरमा साँसद मिर्जादिलसादबेग र मुस्लिम अगुवा फैजान अहमद किन मारिए ? प्रस्ट छ जव सम्म सिमानाको सुरक्षा हुन सक्दैन देशको सुरक्षा हुदैन । बिराटनगर बर्तमानमा धेरै प्रशासनक र सक्रृय राजनैतिक नेताहरुको गृह नगर पनि हो । बिराटनगरमा शिर्ष राजनैतिक दलका प्रादेशिक कार्यालयहरु पनि स्थापना भैसकेका छन । र , मुख्य पार्टीका शिर्ष नेताहरुको बसोवास भएको नगर पनि बिराटनगर हो । यहाँ संघिय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द् यादब र फोरम लोकतान्त्रिकका अध्यक्ष बिजय गच्छेदारदेखी काँग्रेस , एमाले , एमाओबादी लगायत पार्टीका मुख्य नेताहरुको बसोवास छ । गैरसरकारी क्षेत्रका धेरै सेवामुलक कार्यालयहरु पनि बिराटनगरमै केन्द्रित भएर सचालन भैरहेका छन ।बिराटनगर प्रशासनिक , शिक्षा र स्वास्थ्य सेवा अनि उधोग व्यपारमा मात्र नभएर खेल र साहित्यक क्षेत्रमा पनि अगुवा मानिन्छ । बिराटनगरमा पुर्वकै पहिलो र एकमात्र आधुनिक नाटकघर गुरुकुलको शुसिला कोइराला नाटक घर संचालनमा छ बिराटनगर पत्रकारिताको क्षेत्रमा पनि पूर्वमा अग्रणी स्थानमा रहेको छ । यहाँबाट चारबटा दैनिक राष्ट्रिय पत्रपत्रिकाहरु प्रकाशन हुने गरेका छन । नगरमा एउटा टेलिभिजन स्टेशन समेत संचालनमा छ । यसबाहेक दैनिक क्षेत्रिय स्तरका पत्रिका र रेडियोहरु पनि संचालन भैरहेका छन । हो पक्का हो ,बिराटनगरमा बसोवास गर्ने मातृकाप्रसाद कोइराला , बिशेश्वरप्रसाद कोइराला , गिरिजाप्रसाद कोइराला , मनमोहन अधिकारी , सुर्यबहादुर थापा , किर्तिनिधि बिष्ट , नगेन्द्रप्रसाद रिजाल , शुशील कोइरालालहरु प्रधानमन्त्री बन्न सफल भए । यसैले पनि बिराटनगरले देशको नेतृत्व गर्ने मौका पाइरह्रो । तर बिराटनगवरबाट देशले नेतृत्व पाउन सकेपनि एक सय बर्षको इतिहास बोकेको आधुनिक बिराटनगरका बासिन्दले होस अन्य क्षेत्रका मानिशहरुले खोजे जस्तो परिवर्तन पाउन सकेनन। शसस्त्र द्धन्द्ध र संक्रमणकालालिन समयमा त बिराटनगर झण्डै डेढ सिटी नै कहलिन पुगेको थियो । एक सय बर्षसम्म बिराटनगरमा कुनै ठूला योजनाहरु आएनन । बसोबास व्यस्थित हुन सकेन । बिराटनगर नगरपालिकाका बासिन्द समेत रहेका बिराटनगर उपमहानगरपालिकाबाका कार्यकारी अधिकृत गोपाल रेग्मीका अनुसार एक सय बर्षको बिश्लेषण गर्दा बिराटनगर बिकासको थोरै तर धेरै राजनैतिक थालो मात्र भयो । बिराटनगरले धेरै नेता , मन्त्री र योजनाबिदहरु उत्पादन गरयो तर आफुले चाँही केही पाएन । सधै उपेक्षामा रहेको थियो । यहाँ सम्मकी नेपालमा प्रजातन्त्रकालागि मात्र नभएर नेपालमा उद्योग र व्यपारको क्रान्ति समेत सुरु गर्ने बिराटनगर सधै आफनो दिगो र तीब्र बिकाकासलागि छटपटिरह्रो । बिराटनगरले कसैमाथि शासन गरेको छैन । बरु बिराटनगरले शासनका लागि अरुलाई अवसर दिएको छ र आफनो दिगो बिकासकालागि भने पालो पर्खेर बसिरहेको छ । (लेखक नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य हुन ।)