उर्लाबारी / प्राविधिक शिक्षा अध्ययन गर्न चाहनेहरुको लागि उर्लाबारी पूर्वाञ्चलकै प्राविधिक शिक्षाको हव् भएको छ । पछिल्लो पटक मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल उर्लाबारीले दुई संकायमा स्नात्तक तहसम्मको अध्यापन गराउने भएको छ । प्राविधिक शिक्षा पढ्ने विद्यार्थीहरुको लागि उर्लाबारी प्राविधिक शिक्षाको हव् बन्दै गएको स्थानीयले बताएका छन् । चालु बर्षदेखिनै पोखरा विश्व विद्यालय र मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल उर्लाबारीविच संयुक्त शैक्षिक आङगिक कार्यक्रम संचालन गर्ने सहमती भएको प्रतिष्ठानका कार्यकारी निर्देशक बिनोद अर्यालले बताए । कार्यकारी निर्देशक अर्यालले प्रतिष्ठानले यही कात्र्तीकदेखि बि.ई. सिभिल तथा कम्प्युटर ईन्जिनियरिङ (स्नात्तक तह) बिषयमा अध्यापन गराउने बताए । पोखरा विश्व विद्यालय र प्रतिष्ठान दुवै नाफारहित शैक्षिक संस्था भएकाले अन्य कलेजको तुलनामा ५० प्रतिशत न्यून शुल्कमा ति दुई बिषय अध्ययनका लागि सहमती समेत भएकाले अध्ययनको लागि सर्वसाधारणको पहुच पुग्ने बताइएको छ । अढाई दशक अघि जननेता मदनकुमार भण्डारीको स्मृतिमा स्थापना भएको सो प्रतिष्ठानमा सिटीईभिटी अन्र्तगत झापाको भद्रपुर, दमक (ताराबारी) र उर्लाबारी गरी चार केन्द्रमा दुई थप बिषयहरु बाहेक १८ महिने भेटेरीनरी जेटीए, अनमी, सि.एम.ए., सिभिल सव–ओभर सियर तथा ३६ महिने सिभिल इन्जिनियर, एच.ए.,पि.सि.एल.नर्सिङ्ग, कृषी बिज्ञान र पशु बिज्ञान बिषयहरुमा अध्ययन हुदै आएको छ । प्रतिष्ठानमा प्राविधिक शिक्षा अध्ययनका लागि ताप्लेजुङदेखि सुदुरपश्चिम महेन्द्रनगरसम्मका विद्यार्थी आउने गरेको प्रतिष्ठानले जनाएको छ ।