छोटो समयमै चुस्तदुरुत सेवा प्रदान गरी सेवाग्राहीको मन जित्न सफल भएको छ ‘ क्लासिकटेक’ इन्टरनेट कम्पनी । राजधानीबाहिर इन्टरनेट विस्तार भएसँगै प्रदेश नम्बर १ को १४ जिल्ला र २ नम्बर प्रदेशको केही जिल्ला हेर्ने जिम्मेबारी पाए विराटनगरका युवा भूपालसिंह कार्कीले ।

विश्वकै उत्कृष्ट जीईपीओएन प्रविधिमा आधारित क्लासिकटेकको फाइबरबाट आफ्ना ग्राहकलाई इन्टरनेट सेवा प्रदान गर्दै आएको छ । छोटो समयमा ग्राहकहरूको रोजाइमा पर्न सफल भएकोे क्लासिकटेकका सेवासुविधा, आगामी योजना तथा विविध विषयमा केन्द्रित रहेर क्लासिकटेक पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरका प्रबन्धक कार्कीसँग ब्लाष्टका लागि अनिल श्रेष्ठले गरेको कुराकानीको संक्षिप्त अंश

छोटो समयमा यो स्थानसम्म आउने कस्तो–कस्तो भूमिका निर्वाह गर्नुभयो ? - २०७२ सालदेखि क्लासिकटेक काठमाडौंबाहिर पूर्वाञ्चलको क्षेत्रमा इन्टरनेट सेवा प्रदान गर्दै आएको आईएसपी तथा एनएसपीको लाइसेन्स होल्डर र आइएसओ मान्यताप्राप्त कम्पनी हो ।

हाल पूर्वाञ्चलके सबै शहरहरुमा सेवा शुरु छ । यसरी हेर्दा छोटो समयमा अन्य इन्टरनेट कम्पनी (आईएसपी) को तुलनामा क्लासिकटेकले बजारमा चाँडो फड्को मार्न सफल भएको छ ।

पहिले प्रविधि भित्र्याउने र सिमित ग्राहक बनाउने र धेरै पैसा लिने चलन थियो । अहिले बजारमा हाम्रो इन्टरनेट आएपछि ग्राहकको सुविधालाई ध्यानमा राख्दै नयाँ–नयाँ प्रविधिहरु भित्र्याएर सेवा दिँदै आएका छौं । सबैलाई इन्टरनेटको पहुँचमा पुर्‍याउने हाम्रो मुख्य लक्ष्य रहेको छ । धेरै ग्राहक बढाएर गुणस्तरीय सेवा दिने हाम्रो लक्ष्य हो ।

हाम्रो सेवा शहरी क्षेत्रदेखि ग्रामीण भेगसम्म पुर्‍याएको छौं । हामीले इन्टरनेटको मूल्यलाई सस्तो र सुलभ बनायौं र नेटवर्कको पहुँचलाई विस्तार गर्‍यौं । पहिले वायरलेसको माध्यमबाट इन्टरनेट सेवा प्रदान हुन्थ्यो ।

हाम्रै कम्पनीले पूर्वाञ्चलमा पहिलो पटक जीपीओएन प्रविधिबाट एफटीटीएच माध्यबाट इन्टरनेट भित्र्याएको हो । यो प्रविधिबाट इन्टरनेट चलाउँदा छिटो चल्ने तथा समस्या कम आउने गर्दछ ।

अहिले हामी इन्टरनेट छिटो र छरितो सेवा प्रदान गर्दैछौं । हामीले वायरलेसभन्दा एफटीटीएच प्रविधिबाट सस्तो मूल्यमा उच्चगतिको इन्टरनेट सेवा दिँदै आएका छौं ।

इन्टरनेट आजको अवस्थामा सबै वर्गका मानिसका लागि अपरिहार्य भइसकेको छ । त्यही भएर सबैलाई इन्टरनेटको पहुँचमा पुर्‍याउन हामीले सर्वसुलभ मूल्यमा सेवा प्रदान गर्दै आएका छौं । त्यही भएर पनि छोटो समयमा ग्राहकबीच हामी स्थापित हुन सफल भएका छौं ।

बजारमा थुप्रै इन्टरनेट कम्पनी छन् । तर, कुनै पनि कम्पनीको मूल्यमा एकरुपता हुन सकेन भन्ने जनगुनासा छन् । किन यस्तो भयो ? - इन्टरनेटमा प्रतिस्पर्धा गर्ने कम्पनीहरु थुप्रै छन् । इन्टरनेटमा लगानी थुप्रै हुन्छ । सानोतिनो लगानीमा इन्टरनेट कम्पनी खुल्न सक्दैन । फाइबरको विशाल रुपमा नेटवर्क विस्तार गर्नुपर्ने हुन्छ ।

त्यसको लागि ठाउँ–ठाउँमा हाइलेभलका डिभाइस, राउटर, स्विच र अफिस राख्नुपर्ने हुन्छ र प्राविधिक जनशक्ति राख्नुपर्ने हुन्छ । यी सबै कुराले गर्दा लागत बढी हुन आउँछ ।

लागत बढेपछि ग्राहक बढाउनुपर्ने हुन्छ । मूल्यको एकरुपताको कुरा चाहिँ पछिल्लो समय भएको छ । सरकारले अहिले मूल्यमा एकरुपता बनाउन निर्देशन जारी भएअनुसार एकरुपता भएको अवस्था छ ।

तर, स्किम प्याकेज भने कम्पनी नै पिच्छे फरक छ । जस्तै दशैं, तिहारजस्ता चाडपर्वमा यस्तो फरक–फरक स्किमहरु इन्टरनेट कम्पनीले ल्याएका हुन्छन् ।

ग्राहकले ‘क्लासिकटेक’ लाई नै किन रोज्ने ? - बजारमा थुप्रै इन्टरनेट कम्पनी छन् । ग्राहकवर्गमा इन्टरनेट बेच्नुलाईमात्र हामी ठूलो उपलब्धि ठान्दैनौं । हामी मुख्य सर्भिस र सपोर्टलाई ध्यान दिन्छौं ।

हामीले ३ सय ६५ दिन नै ग्राहकलाई सेवा प्रदान गर्दै आएका छौं । चाडपर्वको समयमा पनि हामी निरन्तर सेवा दिँदै आएको छौं । हप्ताको सातै दिन हाम्रो अफिस खुल्ला हुन्छ । बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म ग्राहकलाई सर्भिस दिने गर्दछौं ।

ग्राहक महानुभावहरुको इन्टरनेटमा कुनै पनि समस्या आएमा त्यसको समाधान हामी चाँडोभन्दा चाँडो हल गर्दै आएका छौं । इन्टरनेटमा सेवा अवरोध हुन गएमा हाम्रा सेवाग्राहीलाई एसएमएसबाटसमेत जानकारी गराउनेछौं ।

हामी एनएसपी पनि हौं र आइएसओ सर्टिफाइड कम्पनी हौं । एनएसपी नेपालमा कम सङ्ख्यामा छन् । यी मध्ये हामी एनएसपीको लाइसेन्स होल्डर हौं ।

क्लासिकटेकको सेवा चुस्तदुरुस्त छ भन्नुयो । तर, ग्राहकले १५ एमबीपीएसको इन्टरनेट समेत ‘स्लो’ चल्छ भन्ने गुनासो गर्छन् ?

- कहिलेकाहीँ हुन सक्छ । टेक्निकल कुरा हो समस्या आउन सक्छ । हामीले १५ को ठाउँमा १० एमबीपीएस दिने होइन । क्लासिकटेकमात्र यस्तो इन्टरनेट कम्पनी हो जसले कसैलाई पनि सेयर नगरी ग्राहकले माग गरेजतिको एमबीपीएस दिन्छ ।

कसैकोमा फाइबर ब्रेकेज तथा हाइपावरले पनि ‘स्लो’ भएको पनि हुन सक्छ । त्यस्तै राउटरबाट थुपै्रले चलाउँदा पनि कहिलेकाहीँ हयाङ् हुने गर्दछ । जसले गार्दा यस्तो अवस्थामा इन्टरनेट ‘स्लो’ चल्ने गर्दछ ।

टेक्निकल समस्या आयोे भने हामीलाई जानकारी गराए तत्काल ‘स्लो’ चल्ने समस्याको समाधान गर्नेछौं ।

नयाँ बन्ने ग्राहक र प्रयोग गर्दै आएका सेवाग्राहीलाई केही भन्न चाहनुहुन्छ ?

- सबैभन्दा पहिले त क्लासिकटेकले नयाँ–नयाँ प्रविधिहरु भित्र्याएको छ । हामी ‘लेटेस्ट टेक्नोलोजी’मा काम गर्दै आएका छौं । आज क्लासिकटेकको नेटवर्क क्षमता भनेको एक सय जीबीपीएसको रहेको छ ।

विदेशबाट ५० जीबीपीएस ब्याण्डविथ भित्र्याएका छौं । हाम्रो आफ्नै गुगल, फेसबुक, पियरएप, आकमाइजस्ता सर्वरहरु छन् । जसले गर्दा हाम्रा ग्राहकलाई इन्टरनेटको स्पिड बढी मात्रामा दिन सक्छौं । त्यो हामीले दिँदै आएका पनि छौं ।

कोही ग्राकहरुको इन्टरनेट ‘स्लो’ चलेको छ भने हाम्रो कार्यालयमा जानकारी गराए त्यसको समाधान हामी तत्काल गर्नेछौं । नयाँ बन्ने ग्राहकलाई इन्टरनेट कम्पनीले दिइरहेको सेवा सुविधा बारेमा राम्ररी बुझ्न म अनुरोध गर्दछु । विभिन्न प्रलोभनमा परेर नबुझी इन्टरनेट सर्भिस लिँदा दुःख पाइन्छ ।

हामीले अहिले इन्टरनेटमा विभिन्न सर्वसुलभ प्याकेजहरु ल्याएका छौं । एकदमै सस्तो दरमा विभिन्न योजनाहरु ल्याएका छौं । अन्य कम्पनीहरुको भन्दा हामीले सस्तो मूल्यमा गुणस्तरीय इन्टरनेट सेवा प्रदान गरिराखेका छौं ।

अहिले दशैं चाडबाड अफरमा इन्टरनेट जडान गर्नुहुँदा धेरै सस्तोमा र सर्वसुलभ मूल्यमै इन्टरनेट जडान हुन्छ । त्यसका लागि नजिकको क्लासिकटेकको शाखा कार्यालयमा गएर आजै जडानको लागि नयाँ अफर बुक गर्नुहुन हार्दिक अनुरोध गर्दछु ।