धरान / १९ बर्ष अघिको निक्कै नै चर्चित पोखरेली ब्याण्ड कन्दराले आफ्नो त्यो पुरानो छबिलाई अहिलेसम्म बचाएर राखेको देखियो । सोमबार   धरानको पब्लिक स्कुलको मैदानमा आयोजित नेपालआइस कन्दरा लाइभ इन कन्सर्टमा  धरानेहरूलाइ खुबै नचाएके छ ।

दिनभरीको घामपानी मौसमले कन्सर्टलाई बिथोल्नेहो कि भन्ने भान परेको कन्दरालाई मौसमले साँझ साथ् दिएपछि कन्दरा ब्याण्डको १२ बर्ष पछिको कम्ब्याक कन्सर्टलाई धराने दर्शकहरुको अपार साथले ऐतिहासिक बनायो  ।

धरानको स्थानीय आर एस यु ब्यान्डले आफ्ना गीतहरु प्रस्तुत गरेपछि साँझ ८ बजे तिर स्टेजमा बिदेशिएर गईन उनि मलाई छोडेर भन्दै स्टेजमा आफ्ना ब्याण्ड मेम्बर सहित देखा परेका कन्दरा ब्यान्डका भोकलिस्ट बिबेक श्रेष्ठले १९ बर्ष अघि बिहानै गणेश टाकिजमा गरेको आफ्नो पहिलो धरानको कन्सर्टबाट धराने दर्शकहरुको साथ् पाएको बताए  ।

लोक पप शैलीका  मेलोडी गीतहरु गाउने ब्यान्डका रुपमा सुपरिचित कन्दराले कता हिडेकी कुन ठाउँमा. .,,चञ्चले कान्छीको जोवन..,फुलचोकीको डाडैमा..,प्रियसीको सम्झनामा ..,डाँडा पारी , तिमी पारी त्यो गाउँमा..,लेककी हे माया.., हंगकंग  पोखरा..’ लगायतका आफ्ना चर्चित गीथौ संगै आफ्ना नया गीतहरु भेडी गोठैमा.., चंद्रकोट कि  नानी लगायत डेढ दर्जन गीतहरु उनले धराने दर्शकहरुमा प्रस्तुत गरेका थिए ।

एक दशक सांगीतिक गतिबिधि बाट टाढा रही कम्ब्याक गरेको कन्दरा ब्यान्डलाई अहिले को पुस्ताले मन नपराउने पो हो कि भनेर गायक बिबेक श्रेष्ठ अहिलेका पुस्ताहरु माझ अडिसन दीईरहेको बताउदै थिए तर  मिठा मिठा कुराहरु संगै बिभिन्न सांगीतिक प्रसंगहरु जोडदै २ घण्टा सम्म लगातार आफ्नो धमाकेदार प्रस्तुति दिएर आफ्ना प्रत्येक गीतहरुमा बूढा- बुढी देखि तन्नेरी पुस्ताहरुलाई समेत मोहित बनाएको देखिन्थ्यो । मेलोडी गीतहरु कहिले मर्दैनन् भन्ने कुराको पुस्टि गरिदिए ।

उनले चर्चित लोकगायक खेमराज गुरुङलाई सम्झदै  उनको गीत वारी जमुना पारी जमुना..र अर्का चर्चित लोक गायक राम थापाप्रति पनि समर्पित गर्दै लेकाली हो हो चोयाको डोको..बोलको गीत पनि गएका थिए ।लगातारको वान्स मोरको बर्षा भएपछि कार्यक्रम सकिएको घोषणा गरेपनि कन्दराले  तगारोमा रुमाल राखी..र तिमी पारी त्यो गाउँमा..बोलको गीत पुन गाएर कार्यक्रमबाट बिदा लिए ।

कार्यकर्म सकिन साथ उनीसंग फोटो खिचाउने र अटोग्राफ लिनेहरुको भीडबाट गायक बिबेक श्रेष्ठलाई निकाल्न सुरक्षाकर्मी हरुलाई हम्मे हम्मे परेको थियो ।

धरानमा प्रस्तुति दिन एकदम उत्साहित र डर पनि लागिरहेको थियो तर यो कन्सर्ट पछि कन्दरा ब्यान्डले पुर्नजन्म पाएको अनुभूति भएको छ र अब अझ केहि गर्ने जोश पलाएको कन्दराका गायक बिबेक श्रेष्ठले बताए ।

धरानको  कन्सर्ट अघि कन्दरा ब्यान्डले असोज १२ गते शुक्रबार दमकमा र असोज १३ गते शनिबार बिर्तामोडमा पनि लाइभ कन्सर्ट गरेको थियो ।