पाँचथर । पछिल्लो समय देशभर बढिरहेको यौजनन्य हिंशालाई निरुत्साहित गर्ने उदेस्यले जिल्ला प्रहरी कार्यालयले यसबारे निबन्ध लेखन प्रतियोगिता गरेको छ ।

६३ औं प्रहरी दिवशको शन्दर्भ पारेर कार्यालयले विद्यालय तहमा अध्ययनरत विद्यार्थीबीच ‘यौनजन्य हिंशाका कारण, रोकथाम र नागरिकको भूमिका बिषयक निबन्ध लेखन प्रतियोगिता गरेको हो । प्रतियोगितामा विद्यालय तहमा अध्ययनरत ३६ जना छात्र, छात्राले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा प्रथम, द्वितीय र त्रितीय हुनेलाई प्रहरी दिवशको अवशरमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय र प्रदेश–१ प्रहरी कार्यालय विराटनगरबाट समेत पुरस्कृत गरिने पाँचथर प्रहरी प्रवक्ता प्रहरी निरिक्षक अनिल कुमार पौडेलले बताए ।