[caption id="attachment_95416" align="alignnone" width="1024"] तस्विरः विकास चाम्लिङ राई[/caption]

धरान/बिग इभेन्ट नेपालको आयोजनामा भैरहेकाे मिस प्लस-टु दोस्रो सिजनको बुढासुब्बा डेन्टल मिस ब्युटिफुल चरण मंगलबार सम्पन्न भएको छ ।

धरानकाे अमान बजार स्थित धरान फिटनेस क्लबको हलमा आयोजना भएको मिस ब्युटिफुल अवार्डमा २३ प्रतिस्पर्धी छात्राहरुकाे सहभागी थियाे ।

सहभागीहरुको छाला, दात, कपाल, फिटनेस र उनिहरुको प्रस्तुति निरिक्षणको आधारमा मिस ब्युटिफुल अवार्डको विजेता निर्धारण गरिएकाे छ ।

बुढासुब्बा मिस ब्युटिफुल अवार्डका लागि निर्णायकको रुपमा विपि काेइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत डर्मेटोलॉजी असिस्टेंट प्रोफेसर प्रज्वल पाण्डे, पुर्व मिस कोशी तथा सुनसरी बडी बिल्डिंग संघका कोषाध्यक्ष कृति श्रेष्ठ, कार्यक्रमका अफिसियल ब्युटि सेलुन रेड कार्पेटका हेयर डिजाइनर सन्तोष ठाकुर र बुढासुब्बा डेन्टलका डा. कश्मिरा पोख्रेल रहेका थिए ।

प्लस-टुमा अध्यनरत विद्यार्थीहरुको क्षमता अभिवृद्धि, पहिचान र अवसर प्रदान गर्ने उद्धेश्यले बिग इभेन्ट नेपालद्धारा आयोजित कार्यक्रममा २४ जना छात्रा विद्यार्थीहरुले सहभागिता रहेकाे कार्यक्रममा प्रचार संयोजक विकास चाम्लिङ राईले जनाए ।

उनिहरुको क्षमता अभिवृद्धिका लागि महिला अधिकार तथा हिंसा, जातिय विभेद, उदघोषकला र व्यक्तित्व विकास तालिम, फोटो सुट, सौदर्यकला तालिम, लैंगिक विभेद सम्बन्धि जानकारी गर्याइएकाे छ ।

धरान उपमहानगरपालिकाको सहयोगमा पर्यटन पवद्र्धन कक्षा, टेबल शिष्टाचार साथै धरान उपमहानगरपालिका कार्यवाहक प्रमुख मञ्जु भण्डारीको उपस्थितीमा अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न भइसकेको कार्यक्रमक कोरियोग्राफर डिजे ललित राईले जनकारी दिए।

बुढासुब्बा डेन्टल मिस ब्युटिफुल अवार्डको ग्राण्ड फिनाले असोज १३ गते शनिबारको दिन धरान ८ स्थित सभागृहमा हुनेछ ।