धनकुटा/धनकुटा नगरपालिका वडा नं.४ स्थित माघामा निर्माण भएको हाङ्गचुवा कृषि महिला समुहको भवन निर्माण कार्य सम्पन्न भएको छ ।

प्रदेश सरकारको तीन लाख, धनकुटा नगरपालिकाको एक लाख सहयोग र स्थानीय कृषकको जनश्रमदानबाट भवन निर्माण गरिएको हो । नव निर्मित भवनको प्रदेश सांसद निरन राईले विशेष कार्यक्रमका बिच उद्घाटन गरे ।

स्थानीय कृषकले आफ्ना गतिविधि र योजना सञ्चालन गर्न तथा बैठक कक्षको रुपमा भवनलाई प्रयोग गरिने समुहका अध्यक्ष दिलकुमारी राईले बताइन् ।

माघा गाउँमा दलहन, फलफूल, मह लगायतको कृषिजन्य वस्तु उत्पादन हुने भएकोले संगठीत बनेको उपाध्यक्ष इन्द्रकुमारी राईले जानकारी दिइन् ।

महिला समुहको उत्साहजनक गतिविधि रहेकोले वडा कार्यालयबाट समेत विशेष सहयोग गर्दै जाने वडाध्यक्ष जम्शेर राईले बताए ।