धनकुटा/ धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं.९ मारेककटहरे घर भएका क्यान्सर पिडित गीता कट्वालाई आर्थिक सहयोग जुटेको छ ।  कट्वाललाई सामाजिक संजाल मार्फत ट्रोल सिन्धुली परिवारले सहयोग स्वरुप संकलन गरेको १५ हजार, ८ सय २० रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको हो ।

हाल क्यान्सर पिडित कट्वाल इटहरीको हल्गडामा बसोबास गर्दै आएका छन् । उनलाई हलगडामा पुगेर २५ जना ट्रोल सिन्धुलीका संस्थापक संचालक परिवारको तर्वाबट सहयोग उठेको रकम अध्यक्ष भुवन थापा मगरले प्रदान गरेको हुन ।