इटहरी । पत्रकार ऋषि धमलाको प्रस्तुतीमा बनेको चलचित्र ‘अनुराग’ को टिम प्रचार–प्रसारको लागि इटहरी आएको छ । इटहरीस्थित रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गदै चलचित्रका नायक समुन्द्र पण्डित र नायिका एलिजा गौतमले असोज १२ गते चलचित्र हेर्न आग्रह गरेका छन् । अनु र रागको दुई पात्रले चलचित्रमा मुख्य चरित्र निर्वाह गरेकोचलचित्र हेर्ने लाईक भएको नायिका एलिजाको भनाई छ । एलिजाले भनिन् यो चलचित्र हलमा बसेर हर्ने लायक छ । नेपालका बिभिन्न रमणीय स्थलमा छायकंन गरिएको चलचित्रमा सबै कलाकारहरुले मेहेनत राम्रो गरेकाले नतिजा पनि राम्रो हुनेमा आफु आशावादी रहेको गौतमले बताईन । यस्तै नायक समुन्द्र पण्डितले पनि चलचित्र उत्कृष्ट बनेको बताए । ‘राम्रो लगानीमा बनेको चलचित्रले राम्रो प्रतिफल आउनेमा हामी आशावादी छौ’ उनले भने ।चलचित्रलाई सत्यराज चौंलागाईंले निर्देशन गरेका छन् । अनुरागमा भरत गौतम र गीता भेटवालको लगानी रहेको छ । ठिलेन लामा, राजाराम पौडेल, सरोज खनाल, रुपा राणा, विश्व बस्नेत, शिशिर राणा, मोहन निरौला लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत, प्रविन सिंह र बिक्रम स्वारको कोरियोग्राफी छ । किरण दाहालको कथा, सत्यराज चौलागाई र आगत केसीको पटकथा तथा संवाद, राम कुमार केसीको छायाँकन रहेको छ ।