मधुमल्ला । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सबै जनता न्यायका निम्ति आन्दोलित हुँदै गर्दा निमर्ला पन्तको हत्यामा संलग्न हत्यारालाई चाँडो पक्रउ गरी कावाहि गर्न माग गर्दै सोमबार साझ मिक्लाजुङमा मौन ¥याली निकालीएको छ ।

लियो क्लब अफ मिक्लाजुङको संयोजनमा मिक्लाजुङका बिद्यिालयहरु रिलायन्स, मदरमधुमल्ला, निर्मल सिद्धार्थ विद्यालयका विद्यार्थीहरु, स्थानिय बुद्धीजिबी, संघसंस्था हरु लायन्स क्लब अफ मिक्लाजुङ, लायन्स क्लब अफ मधुमल्ला, मालबारी युवा क्लब, दीपन्योति युवा क्लबका प्रतिनिधीहरु सम्मीलति र्यालीले मधुमल्ला बजार परिक्रमा गरी मधुमल्ला मुख्य चोकमा आएर शोक सभामा परिणत भएको थियो । श्रद्धाञ्जली सभामा उपस्थितहरुले दिप प्रज्वलन कार्य सहभागी भई मृतआत्मको चिरशान्तिको कामना गरेका थीए ।

सरकारलाई अपराधी पत्तालगाई चाँडो कार्वा्हि गर्न दवाब दिने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको लियो क्लब अफ मिक्लाजुङ अध्यक्ष प्रविन खतिवडाले बताए । कन्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार पछी भएको हत्या प्रकरण जटिल बन्दै गएको छ । दुई महिना बिति सक्दा पनि पिडित परिवारले न्याय पाउन सकेको छैन ।

हुनत न्यायको आसमा पिडित परिवार न्याय माग्दै स्थनिय सरकार ,राजधनि देखि संघिय सरकार , राजधानि र संघिय प्रधानमन्त्री केपी शर्मा ओली सम्म पुगे र प्रधानमन्त्री ओलीले न्याय दिलाउने आश्वासन पनि दिए । तर अपराधि लाई उन्मुक्ती स्वरुप निर्मलाको हत्या भएको दिन उजुरी दर्ता नगर्नु, बलात्कारका प्रमाणहरू मेटाउनु, शारीरिक अङ्ग पखाल्नु, कपडा धमिलो पानीमा धोइपखाली गर्नु र दुई महिना बिति सक्दा पनि अपराधि लाई संरक्षण दिनुले त्यो आश्वासन पन्त परीवार लाई घाउमा मलमको काम पनि भएको छैन । आसा छ पन्त परिवा र पन्त परीवार जस्ता तथा न्यायको लागि व्याकुल मनस्पटल भएका जनताले चाँडो र सरल रुपले न्याय पाउन ।